काठमाडौं – चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहको नयाँ म्युजिक भिडियो बिहीबार बजारमा आउने भएको छ । गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा ‘तिम्रो बारे’ बोलको गीत बिहीबार सार्वजनिक हुनेबारे ढकाल दम्पतीले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।
यस गीतमा मनिसको शब्द र सुरेन्द्रमानको संगित रहेको छ । गीतको भिडियोमा भने गायक रामकृष्ण ढकाल र पत्नी निलम शाह देखिने छन् । भ्यालेन्टाइन डे को अवसर पारेर गायक रामकृष्ण ढकालले बिहीबार आफ्नो नयाँ गीत सार्वजनिक गर्न लागेका हुन् ।
केहि समय अघि यी दुईले सम्बन्ध बिच्छेद गरेका थिए । तर सम्बन्ध बिच्छेद गरेपनि पछिल्लो समय भने सँगसँगै देखिएका छन् । हालै नयाँ गीतको भिडियोमा यी दुबैले अभिनय गरेका छन् ।