सर्बाधिक प्रिय गीत युवाहरु माझ रेलीमै रेलीमैका संगीतकर श्री शुभ बहादुर सुनामको नया गीत ” आँखा भरि तिमी मात्र ” प्रेम दिवसको अवसरमा जस्मा गायिका गीता पाण्डेले स्वर दिनु भएको गीत अडियोमा सार्बजनिक भएको छ । शब्द तथा सङ्गीत बिसिष्ठ संगीतकार शुभ बहादुर सुनामको रहेको छ । यसै गरि गीतको प्रवन्ध (एरेन्ज) राजेश कुमार श्रेष्ठले गरेका हुन् । यस गीत म्युजिक पार्कमा रेकरडिंङ्ग गरिएको हो ।
तारा देवी, सुक्मित गुरुङ,प्राश्ना शाक्य देखि अहिलेका युवा गायिका गीता पाण्डे सम्म संगीत गर्नु भएका संगीतकार शुभ बहादुर सुनाम प्रबल सम्भावना बोकेकी नव गायिका गीता पाण्डेको रुपमा चिनाउनु हुन्छ ।
प्रेम दिवस अर्थात् भ्यालेनटाईन डे फेब्रुअरी १४ कालागि लक्ष्य गरेर युवा पुस्ता माझ ” आँखा भरि तिमी मात्र ” गीत सार्बजनिक गरेको हो । आगामी दिनमा यस गीतलाई भीडीयो पनि गरिने छ ।