काठमाडौँ – अमेरिका निवासी बहुप्रतिभाको धनि चलचित्र निर्माता, गीतकार, मोडल, कलाकार तथा साहित्यकार पुष्कर पन्त यति बेला नेपालमा छन । बर्षेनी एक-दुई पटक सम्म नेपाल आएर कलाकारिता तथा गित संगीतलाइ निरन्तरता दिदै आएका पन्त यसपालि पनि आफ्नै शब्दमा तयार भएको २ वटा गीतको म्युजिक भिडियोमा मोडलिङ तथा केहि टेलिसिरियलमा अभिनय गर्ने तयारीमा रहेका छन् । आफ्नै शब्द रचनामा तयार भएको गित “लगन” र बनकी चरी”मा उनले मोडलिङ गर्न लागेका हुन् ।अब आउने नयाँ गीतले सम्पूर्ण नेपाली संगीत प्रेमीहरुको मन मुटुमा बस्न सफल हुनेमा गीतकार पुष्कर पन्त ढुक्क छन् ।
बिगत डेढ दशक देखि अमेरिकामा बसेर नेपाली कलाकारितालाइ माया गर्दै आएका उनि पछिल्लो समय लोकप्रिय गीतकारको रुपमा समेत चर्चित बनेका छन् । भर्सटाइल कलाकार पुष्कर पन्त अभिनय क्षेत्रमा विशेष गरि हाँस्यव्यङ्ग विधाका कलाकार हुन्। उनि विगत २५ बर्ष देखि नेपाली कला क्षेत्रमा संलग्न छन् । तितो सत्य, जिरे खुर्सानी, ट्वाक्क टुक्क, प्रहरी अनुरोध, काउकुति लगायत अन्य धेरै चर्चित नेपाली हाँस्य श्रृङ्खलाहरुमा अभिनय गरेका पन्तले नेपाली चलचित्र ‘ठूली’ निर्माण गरेका थिए ।
नेपालमा निकै चर्चा कमाएका कलाकार, निर्माता,गीतकार पुष्कर पन्तले आफ्नै शब्द रहेको गीतको म्युजिक भिडियोमा समेत अभिनय गरेर लाखौ संगीतप्रेमी नेपालीहरुको मनमा बस्न सफल भएका छन ।सर्जक पुष्कर पन्तले कविता सङ्ग्रह “नेपालदेखि अमेरिकासम्म” समेत लिएर आईसकेका छन् । कलाकारिता, गीति लेखन, कबिता तथा साहित्य लेखन, मोडल, निर्माता निर्देशकमा राम्रो दख्खल भएका बहुप्रतीभाका धनि पन्त अमेरिकामा चर्चित नेपालीहरु मध्ये पर्दछन । उनि सामाजिक कार्यमा समेत सक्रिय रहदै आएका छन् ।