काठमान्डौँ , फागुन १६ ।
नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्रको सम्वृद्धिको निमित्त निकै लामो समय देखी क्रियाशिल गायिका विन्दु सुनारको आवाजमा पछिल्लो गीत “ठुली ” गीतको भिडियो बजारमा झझल्को डिजिटल म्युजिक प्राली मार्फत सार्वजनिक भएको छ ।
जिवनका वियोगान्त भावहरुलाई समेटेर गीतको सिर्जना गरिएको छ । विन्दु सुनारको शब्द तथा दिलिप रेग्मीको लय सिर्जना गीतमा रहेको छ । आफनो प्रेमीको यादमा दिनहु जसो आशुँ बग्ने गरेको कुरा गीतमा गरिएको छ ।
मायाको डोरीमा हुने घातलाई गीतमा चित्रण गरिएको छ । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । “ठुली ” गीतको भिडियोमा विन्दु सुनार , सुर्य ढकाल र अश्मी आलेको लोभलाग्दो अभिनय रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।




































