सुर्य चन्द, काठमाडौँ – नेपालको मुख्य शहरहरु युवा युवतीहरु सार्बधिक मात्रामा डिस्को जाने, बारमा गएर मदिरा पिउने, साथीको घरमा रात बिताउने, बर्थ डे पार्टि, गेट टुगेदर र रमाइलो अन्य पार्टीको नाममा युवा पुस्ताहरु रिसोर्ट होटल तथा अपार्टमेन्टको बन्द कॊठा भित्र बसेर गलत कार्य गर्दै आउने तथा होटलका रुम भित्र जोडी बनाउदै कुलतमा फस्ने ड्रग्स,मदिरा तथा यौनमा लिप्त भएर आफ्नो यौबनलाइ उन्मुक्त बनाउने थलो बनेको छ ।
स्वतन्त्रताको साथ् जिबन जिउन पाउनु मानबको हक हो, हामीलाई हाम्रो जिबन स्वतन्त्र संग जिउने अधिकार पनि छ र स्वतन्त्र संग जिउन पाउनु पनि पर्छ । तर …
प्रसङ्ग युवा पुस्ताको – अहिलेका युवा पुस्ताका जमातहरु, किशोरकिशोरीहरु कुनै पनि बहानामा आफ्ना अबिभाबकहरु संग झुट बोलेर डिस्को, बार, गेट टुगेदर र रमाइलो पार्टीको नाममा रिसोर्ट होटलको बन्द कॊठा भित्र गएर ड्रग्स प्रयोग गर्ने, मदिरा सेवन गर्दै जवानीको राशलीला संगै कुलतमा फस्दै नराम्रो बाटोमा त हिडिरहेका छैनन् ? हामीले हाम्रो छोरा छोरी, दाजु भाइ, दिदि बहिनि माथि पूर्णविश्वास गरेर उनीहरुलाई आफ्नो निगरानी भित्र राख्न नसक्दा अहिलेका किशोर किशोरीहरुको जिबन कुलत तथा अन्धकारको दलदल तिर त फस्दै गएको छैन ? कम्बाइण्ड स्टडी, बर्थ डे पार्टी,रमाइलो भेटघाट जस्ता विभिन्न तरिका अपनाएर अहिलेका पुस्ता आफुलाई रमाइलो गर्न, कुलत बाटोमा फसाउदै तथा जवानीको प्यास मेटाउन होटेल र रिसोर्टको कोठा भित्र सुरक्षित महसुस गर्दै दिन तथा रातमा विभिन्न होटेल र रिसोर्टमा पुग्ने गरेका छन । अझ कति त टिन एजर्सहरु बिध्यालय, कलेज बाट भागेर पनि जवानीको प्यास मेटाउन तथा साथि संगतमा परेर दिन प्रतिदिन कुलतमा फस्दै आएका छन् । यस्ता कुलतमा फस्नेहरु बिशेष गरि बिध्यालय तथा कलेजमा अध्यनरत बिद्यार्थीहरुको बाहुल्यता बेसी रहेको छ ।
शहरी रात्री जिबन जहाँ दैनिक सयौं युवा युवतीले आफ्नो भबिष्यलाइ अध्यारो तर्फ धकेलीरहेका छन सयौंले आफ्नो अश्मिता लुटाईरहेका छन, क्षणीक मनोरंजन प्राप्त गर्नको लागि मदिरामा, लागु पदार्थमा र यौनमा लट्ठ भएर । शहरी क्षेत्रमा खुलेका दर्जनौ बार डिस्कोको कारणले कतै हाम्रो छोराछोरिहरुको भबिष्य त अन्धाकारमा धकेलेको छैन ? होटल, बार, डिस्कोमा पनि एउटा मापदण्ड हुन जरुरि छ यो बिषयमा सरोकार वालाहरुले सोच्न जरुरत पनि छ । तर हाम्रो देशमा त चौंध बर्षको किशोर किशोरीहरु पनि बारमा बसेर मदिरा र धुम्रपानमा लट्ठ पर्दै आफ्नो यौबन देखाई रहेकाछन । जब रात ढल्किदै जान किशोर किशोरीहरु मदिरा अन्य नशा लाग्ने लागु पदार्थहरुमा लट्ठ पर्दै मध्यरात सम्म नशामा झुमीरहेका हुन्छन त्यस पछि होटेल र रिसोर्टको बन्द कोठा खोज्ने जमात पनि बढ्दै गएको छ । नेपालमा खुलेका होटेल रिसोर्टहरुमा पनि केहि माप दण्ड, नीति नियम कहिँ कतै पालना भएको भेटिदैन l जसले गर्दा रातमा मात्र नभएर दिनमा पनि किशोर किशोरीहरुको रमाइलो गर्ने स्थल बन्दै छ, होटल रिसोर्टका बन्द कोठाहरु ।
आधुनिक युगमा आफुलाई आधुनिक देखाउन अहिलेका युवा पुस्ता जस्तो सुकै कार्य गर्न पनि पछि पर्दैनन् जसले गर्दा समाजमा आतंक, झैँझगडा, लुटपाट, कुटपिट, यौन हिँसा, बलात्कार जस्ता घट्नाहरु बढ्दै गएको पाइन्छ । आफुलाई आधुनिक तथा मोडल देखाउन जस्तो सुकै काम गर्न पनि पछि नहट्ने पुस्ता पनि हाम्रो समाजमा बढ्दै गएको छ । आफुलाई मोडल र सेलिब्रेटी, धनाड्य तथा संभ्रान्त जस्तो देखाउन अहिलेको युवापुस्ता जस्तो सुकै काम गर्न पनि पछि नहट्ने र दिनानुदिन कुलत र दल दलको भुमरीमा फस्दै समाजलाई कलंकित बनाउदै गएका छन् । यसका लागि अबिभाबकहरुले बेलैमा सोच्नु पर्ने अबस्था आएको छ, आफ्नो छोरा छोरीहरु कुन बाटोमा हिड्दैछन बेलुका कहाँ जादैछन के गर्दैछन भनेर कहिँ सेलिब्रेटी र मोडल जस्तो देखिन गलत संगत र गलत बाटोमा त छैनन् बेलैमा सोच्नुहोस । आफ्ना छोरा छोरी, दाजु बहिनि दिदि भाइहरुलाई आफ्नो निगरानीमा राखेर समयमानै गलत बाटोमा हिड्न बाट रोकौ र समयमानै आफु सचेत भएर समाजलाई पनि सचेत बनाऔ ।