अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको दोश्रो साधना म्युजिक अवार्ड २०७६ को आवेदन फारम धमाधम वितरण भइरहेको आयोजक सस्था सामना म्युजिक क्रियसनले बताएको छ ।

नेपाली लोक गीत, आधुनिक, पप र लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत ३० बिधामा आवेदन फारम भर्न नेपाली कलाकारहरुले आवेदन दिएको आयोजकले बताएको छ । २०७६ बैशाख १ गते देखि फागुन ३० गते सम्म बजारमा आएका नेपाली गीत संगीतलाई समावेश गर्न पाउने भएका छन ।

नेपाली मौलिक लोक गीत संगीतको विकाश र विस्तार एवम प्रर्वद्धन गर्ने उद्देश्यका साथ भब्य र सभ्य रुपमा आयोजना गर्न लागिएको सामना क्रियसनकी अध्यक्ष सामना शाहले जानकारी दिइन ।

आबेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियसन प्रालिको कार्यालयमा बाट प्राप्त गर्न सकिने ब्यावस्था मिलाइएको आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया