मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बाटो काट्दा वा हात हतियारको प्रयोग गर्दा सचेत रहनुहोला । निको भएको रोगले पुन सताउन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, केहि धन लाभ होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अरुको विश्वास जित्न सजिलै सकिनेछ । धन मान पाउने योग छ, गरेको कामबाट फाइदा नै हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अनुकूल यात्राको सम्भावना छ । पठनपाठन सामान्य रहला, फुर्सदिलो समय छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सोच्ने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशन्सा गर्न थाल्ने छन् । अन्न तथा धनको पनि वृद्धि हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परिश्रमले धेरै काम बन्नेछन् । धन पनि मनग्य कमाउनु होला । साथै, भाग्य पनि बलियो छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अनावश्यक रुपमा कसैसंग झै झगडा हुन सक्छ । साथै, यात्रामा पनि सावधान रहनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन् । नसोचेको सम्मान मिल्ने दिन छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ ।