मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा व्यापारिक कामकाजमा फाइदा होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोट पटकको भय पनि छ, होस् पुर्याउनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ, संगीत सिक्नमा मन जाला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ, मिष्ठान्न भोजनको योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
धेरै श्रम गरेपनि कामको कम मूल्याङ्कन हुनेछ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
खर्च बढ्ने र स्वास्थ्य कमजोर भइ काममा अवरोध आउनेछ । कुरा काट्नेहरु बढ्नेछन्, सावधान रहनु होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पतिपत्नीबीच घर सल्लाह नमिल्न सक्छ । साथै, आर्थिक संकट पनि होला विचार पुर्याउनु भए बेश होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । आफ्न्तसंग भेटघाट होला ।

तपाईको प्रतिक्रिया