काठमाडौं । प्रतिष्ठा राउत ‘मिस युनिभर्स २०२० ग्रेट ब्रिटेन’ को फाइनलमा प्रवेश गरेकी छन् । उनले आगामी ९ देखि ११ जुलाई २०२० सम्म साउथ वेल्सको न्युपोर्ट र कार्डिफमा हुने प्रतिस्पर्धामा ३० भन्दा बढी सुन्दरीसँग प्रतिस्पर्धा गर्ने छिन् । प्रतिष्ठा मिस इंग्ल्यान्ड २०१९ सेकेन्ड रनर अप हुन् । ११ जुलाईमा हुने ‘ग्रान्ड फिनाले’ मा जित्नेले मिस युनिभर्स २०२० मा बेलायतबाट प्रतिनिधित्व गर्न पाउने छन् ।

बेलायत अल्डरसट निवासी २५ वर्षीया प्रतिष्ठा प्लोर प्लान आर्किटेक्ट हुन् । १७ वर्षमै मोडलिङ थालेकी प्रतिष्ठा हङकङमा जन्मिएकी हुन् । मिस इंग्ल्यान्ड २०१९ मा उत्रने प्रतिष्ठा पहिलो नेपाली चेली थिइन्, जसमा भाग लिन करिब २० हजारले आवेदन दिएका थिए । उनी सेकेन्ड रनरअप बन्न सफल भइन् ।

पुख्र्यौली घर नेपालको संखुवासभाको चैनपुर भएकी प्रतिष्ठा पेशाले फ्लोर प्लान आर्किटेक्ट हुन् भने अहिले बेलायत अल्डरसटमा परिवारसँग बस्दै आएकी छिन् ।
२६ वर्षीया प्रतिष्ठा करिब २२ हजार आवेदकमध्येबाट छानिएर मिस इंग्याण्ड प्रतियोगिता–२०१९ को फाइनल पुगेकी हुन् ।

१७ वर्षमै मोडलिङ थालेकी प्रतिष्ठा हङकङमा जन्मिएकी हुन् । मिस इंग्ल्यान्ड २०१९ मा भाग लिन करिब २० हजारले आवेदन दिएका थिए । जसबाट छानिने प्रतिष्ठा पहिलो नेपाली मूलकी युवती हुन् । जसमा उनी सेकेन्ड रनर अप बन्न सफल भइन् ।

सेकेन्ड रनर अप भएपछि उनी महिला सशक्तीकरणका लागि बढी क्रियाशील भएकी छन् । यसै क्रममा उनले बेलायतमा हालै आयोजित एक प्रतिस्पर्धामा ‘साइनिङ स्टार २०२०’ अवार्ड हात पारेकी थिइन् ।

तपाईको प्रतिक्रिया