काठमाडौं – विभिन्न कारणले प्रदर्शन हुनबाट रोकिएको अभिनेत्री रेखा थापाको ‘हिरो रिटर्न्स’ अब टिभीमा रिलिज हुँने भएको छ । अभिनेत्री रेखा थापाको डेब्यू फिल्म ‘हिरो’ सँग नाम जोडीएको उनकै नयाँ फिल्म ‘हिरो रिटर्न्स’ धेरै पटक रिलिज मिती तोकिए पनि विभिन्न कारणले रिलिज हुन सकिरहेको थिएन ।
२०७३ सालमा निर्माण घोषणा गरिएको यस फिल्म अब यस वर्षको बैशाख २६ गते प्रदर्शन गर्ने भनिएको थियो । तर लकडाउनका कारण प्रदर्शनमा आउन सकेन ।
अभिनेत्री रेखा थापा र अभिनेता सविन श्रेष्ठको मूख्य भुमिका रहेको यस फिल्मलाई निर्माण टिमले हलभन्दा अगाडि टिभीमा रिलिज गर्ने निर्णय लिएको छ । फिल्म यही जेठ ३० गतेबाट डिस होममा रिलिज हुँदैछ ।
लकडाउनका कारण दर्शकहरु हलमा आउन सक्ने अवस्था नरहेकोले टिभीमा फिल्म रिलिज गर्न लागेको बताइएको छ ।










