काठमाडौँ – नेपाल चलचित्र कलाकार संघको वर्तमान कार्यसमिति निर्वाचित भएको एक वर्ष पुरा भएको छ । संघको नयाँ कार्यसमितिले एक वर्ष पुरा गरेको अवसरमा संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको बैठकले वर्तमान कार्यसमिति र संघलाई साथ, सहयोग गर्नु हुने चलचित्र क्षेत्रका सबै पेशाकर्मी, संघ संस्था, चलचित्रकर्मी, कलाकार, संचारकर्मी लगायत नेपाल सरकारलाई आभार सहित धन्यवाद दिने निर्णय गरेको छ ।
वर्तमान कार्यसमिति निर्वाचित भएदेखि संघले चलचित्र क्षेत्रको विकाश विस्तार तथा कलाकारहरुको हक हितका लागि गरेको कार्यमा सहयोगी भुमिका निभाउनु हुने देश विदेशमा रहनु भएका शुभ चिन्तक तथा दाता संघ संस्था महानुभावहरुलाई धन्यवाद दिने निर्णय पनि गरेको छ ।
०७६ जेष्ठ २५ गतेपछि संघले गरेका कार्यहरु वैठकमा प्रस्तुत हुँदा ती कार्यहरु बारे छलफल, मुल्यांकन पनि गरिएको थियो ।
आजै संघघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा संघले पछिल्लो एक वर्षमा गरेको प्रमख र्काहरुको विवरण समेत प्रस्तुत गरेको छ ।
संघले एक वर्षमा के के गर्यो ?
– नेपाल चलचित्र कलाकार संघको ३२ औ स्थापना दिवश को उपलक्ष्यमा २०७६ भदौ २३ गते कलाकार र सामाजिक दयित्व विषयक अन्र्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो । उक्त कार्यक्रममा ओझेलमा परेका कलाकारलाई कदर सम्मान् तथा वृद्व , असक्त कलाकारहरुलाई औषधी उपचारका लागि नगद प्रदान गर्यो ।
– नेपाल चलचित्र कलाकार संघको ३२ औं स्थापना दिवस तथा कान्ति सांस्कृतिक केन्द्रको ५० औं स्थापना दिवसको अवसरमा स्वच्छ वातावरण भन्ने नाराका साथ ३ किमी सेलिव्रेटी म्याराथुन दौडको आयोजना गर्यो ।
-नेपालीहरुको महान पर्व बिजया दशमीको उपलक्ष्यमा चलचित्रकर्मीबीचको भाइचारा, सदभाव, सम्मान आशिर्बाद हेतु शुभकामना आदान प्रदानको विशेष कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यक्रममा ५०० भन्दा वढी कलाकारहरुको सहभागिता रहेको थियो ।
-२०७६ मंसीर ८ गते बसेको संघको कार्यसमिति वैठक निर्णयानुसार विधानमा ब्यवस्था भए अनुसार प्रवाशमा रहेका कलाकारहरुलाई संगठित गर्ने र कलाकारहरुको हक हितका लागि क्रियाशिल रहन केन्द्रिय अध्यक्ष रबिन्द्र खड्काको समुपस्थितिमा युके शाखा गठन गरियो ।
-संघका सदस्य कलाकारहरुलाई औषधी उपचारमा ५० प्रतिशत छुटका लागि विभिन्न ५ वटा अस्पतालसंग सम्झौता संम्पन्न भयो । ९नपाल मेडीकल कलेज, अत्तरखेल, अल्का अस्पताल , पुल्चोक, सुमेरु अस्पताल, धापाखेल, ओम डेन्टल अस्पताल, चावहिल, मेघा अस्पताल, चावहिल ।)
-चलचित्र क्षेत्रबाट उच्च ओहोदामा पुग्नु हुने शहरी विकाश राज्यमन्त्री माननीय रामविर मानन्धर, पशुपति क्षेत्र विकाश कोषका कार्यकारी अधिकृत डा. घनश्याम खतिवडा, कान्तिपुर टेलिभिजनका स्टेशन म्यानेजर दिनेश डिसी लगायतका ब्यक्तित्वहरु लाई माघ १८ गते वधाई तथा शुभकामना कार्यक्रमको आयोजना गर्यो ।
-कलाकारहरुको देहवशान हुँदा श्रद्धाञ्जली दिने स्थानको अभाव खट्की रहेकाले दिवंगत श्रष्टा, सर्जकहरुको श्रद्धाञ्जलीश्रद्धाञ्जलीक लागि विशेष स्थानको ब्यवस्था गरिदिन माघ ५ का दिन पशुपति क्षेत्र विकाश कोषलाई पत्राचार गरी विशेष अनुरोध गरियो ।
-पशुपति क्षेत्र विकाश कोष को आव्हानमा संघले महाशिवरात्री पर्व लगायत अन्य विशेष कार्यक्रममा सहभागिता जनाएको ।
-नेपाल चलचित्र कलाकार संघको नाममा रहेको धापासीमा अवस्थित २ रोपनी जमिनको सोध भर्ना वा अनुदानको लागि नेपाल सरकारको संम्वन्धित निकायमा पहल भै रहेको ।
-चलचित्र स्तम्भ र चलचित्र पार्क निर्माणका लागी कामनपाको केही वडाहरुमा विशेष पहल भै रहेको, त्इसका लागि सम्वन्धित वडाको जनप्रतिनिधी, राजनिती दलका प्रतिनिधी, स्थानिय वासिन्दा एवं समाज सेवीहरुसंग उक्त कार्य अगाडि बढिरहेको ।
-कोशिस नामक संस्थाको सहयोगमा मंरि १ गते मानसिक स्वास्थ्य संरक्षण तथा सम्बद्र्धनमा चलचित्र कलाकारहरुको भुमिका विषयक छलफल र अन्र्तरक्रिया कार्यक्रम को आयोजना गर्यो ।
– निकट भविष्यमा क्यानडामा आयोजन हुने फिल्म सिने स्टार अवार्ड डिसेम्वर २०२० मा सहभागिताका लागि संघलाई एक लाख रुपैयाँ प्राप्त भएको ।
-प्रविधिको गलत प्रयोग गरी केही नेपाली कलाकारहरुको मान मर्दन हुने गरी अति रंञ्जित सामाग्रीहरु सामाजिक संञ्जालमा देखिन आएकोले त्यसको छानविन र कारवाहिका लागि संघबाट वक्तव्य प्रकाशित गरी त्यसको न्यायिक निरुपणका लागि अपराध महाशाखा टेकुमा संघको तर्फबाट निवेदन दिइएको, हाल त्यस्ता सामाग्रीहरु नेपालभर हेर्न नमिल्ने गरी वन्द गरिएको र सो घृणित कार्यमा संलग्न अपराधिलाई पत्ता लगाई सजाय दिलाउन पहल गरीयो ।
– संघको आर्थिक अवस्था सुदृढ गर्न दि कर्मा चलचित्रको च्इारिटी शोबाट संघलाई चार लाख रुरुपैयाँ आर्थिक उपार्जन भएको ।
– कोभिड १९ का कारणले भएको लकडाउनबाट आर्थिक मारमा पर्नु भएका कलाकार, जुनिएर कलाकार, प्राविधिक, नृत्यकर्मी लगायत केही सर्वसाधारण गरी करिव ३०० जनालाई संघ मार्फत राहत उपलब्ध गराएको ।
– सरकारले स्थापना गरेको कोरोना भाईरस राहत कोषका लागि कलाकार संघको तर्फबट एक लाख एक हजार एकसय रुपयाँ सहयोग गरिएको ।
– नेपाल सरकारले आब २०७७/०७८ को बजेट भाषणमा नेपाल चलचित्र कलाकार संघको भवन निर्माण र चलचित्र क्षेत्र का विकास र विस्तार का लागी वजेट विनियोजन गरिएकोमा धन्यवाद सहित आभार प्रकट गर्ने निर्णय गरिएको ।
-नेपाली चलचित्रको विकाश र विस्तारमा महत्वपुर्ण भुमिका निर्भाह गर्नु हुने विशिष्ट ब्यक्तिहरु लाई प्रदान गरिने चलचित्र कलाकार संघको मानार्थ सदस्यता प्रदान गरिने क्रममा शहरी विकास राज्यमन्त्री राविर मानन्धर, नगर पालिका संघका अध्यक्ष धुलिखेल नगर पालिका प्रमुख असोक वेन्जु श्रेष्ठ, विशिष्ट संगितकर्मी माननिय कोमल ओली, वेलायतका महामहिम राजदुत डा दुर्गा बहादुर सुवेदी, वरिष्ट चलचित्रकर्मी तिर्थ थापालाई मानार्थ सदस्यता प्रदान गरिएको ।
– संरक्षक वरिष्ठ कलाकार नीर शाहले आफ्नो स्वास्थ र ब्यस्तताको कारण खुलाई राजिनामा दिनु भएकोले विधान अनुसार संरक्षकमा बरिष्ठ कलाकार हरिवंस आचार्यलाई फागुन २१ गते संघको कार्यालयमा बसेको कार्यसमिति वैठक वाट नियुक्त गरिएको ।
-असक्त वृद्व, दिर्घ रोगी चलचित्रकर्मीको उपचारका लागि आर्थिक सहयोग र भत्ताको लागि चलचित्रकर्मी कल्याणकारी कोष र चलचित्र बिकास बोर्डमा सदा झै निरन्तर सिफारिस सहयोग गरिदै आएको ।