काठमाडौँ – बिगत डेड दशक देखि सौन्दर्य पेशामा आबद्द रहेर हजरौ नेपाली नागरिकलाइ सौन्दर्य सम्बन्धि तालिम दिदै उनीहरुलाइ आत्मानिर्भर बनाउँनुको साथै समाजसेवाको माध्यमबाट अनाथ, असाहय, निम्नबर्गका देखि बृद बृदाहरुको सेवामा निरन्तर लागि परेर जनताको सेवामा समर्पित रहदै आएकी बरिष्ट सौन्दर्यबिद लक्ष्मी महत हजारौ भोका पेटहरुलाइ राहत वितरण गर्न ब्यस्त छिन ।
लायन्स क्लब अफ काठमाडौँ फेलोसिपकि सदस्य तथा पूर्व अध्यक्ष, लायन्स क्लब डिस्ट्रिक-३२५ ए-२ को जोन चेयर पर्सन समेत रहेकी उनि बिगत १२ बर्ष देखि लायन्स क्लबमा आबद्द भएर समाजसेवामा सक्रिय छिन ।
चिनको वुहान बाट सुरु भएर विश्वभर महामारीको रुपमा फैलिएको कोभिड- १९ कोरोना भाईरसको कारणले संसारका मानबजाति भयभित भएका छन् । नेपाल जस्तो गरिब मुलुकमा झन् यसको असर बढी परेको छ । लामो समयको लकडाउनको कारणले गर्दा नेपालमा दैनिक मजदुरी गर्ने श्रमिक, पिडत नागरिक, राहत बिहिन र अनाथ असाहयहरुले दुइ छाक खान समेत नपाईरहेको अबस्थामा सौन्दर्यबिद, समाजसेवी तथा ब्यबसायी लक्ष्मी महत राहत वितरण तथा भोका पेटलाइ खाना खुवाउँने कार्यमा सक्रिय रहदै आएकी छिन ।
गरिब दुखिको ढुकढुकी र मानबजातीको प्रेरणाका श्रोत बनेकी लक्ष्मी महत दैनिक रुपमा सेवा कार्यमा जुटिरहेका छन् । उनि कहिले विभिन्न स्थलमा गएर सहयोगी हातहरु बढाईरहेकि हुन्छिन भने कहिले पिडितहरुको घरमा पुगेर खाद्यान्न राहत स्वरुप वितरण गरिरहेकि हुन्छिन । लकडाउन सुरु भए संगै राहत वितरणमा जुटेकी समाजसेवी लक्ष्मी महत सम्पूर्ण नेपाली बीच लोकप्रिय भएकी छिन । भोका जनताहरुलाइ पेट भरि खुवाउँन पाउदा तथा राहतबिहिन जनताहरुलाई राहत वितरण गर्न पाउँदा आत्मासन्तुष्टि मिल्ने कुरा समाजसेवी महत बताउँछिन । धन भएर मात्र सामाजसेवा गर्न नसकिने भन्दै सम्पूर्ण नेपाली नागरिकलाइ यस संकटको घडिमा एकजुट भएर सामाजिक कार्यमा हातेमालो गर्न समाजसेवी लक्ष्मी महतले अनुरोध समेत गरेकी छिन ।