पछिल्लो समयमा भ्रस्टाचारका बिरुद्ध कडा रुपमा प्रस्तुत हुँदै जनताको सेवा र समाजको बिकासका लागि कटिबद्ध रहेका गण्डकी प्रदेशका सांसद राजिव गुरुङ(दिपक मनाङ्गे)ले आफु निर्वाचित मनाङ जिल्ला स्थित निर्वाचन क्षेत्र मनाङ `ख´काे वार्षिक विकास कार्यक्रमका योजना र बजेट सार्वजनिक गर्दै स्थानिय तहमा निर्देशन समेत दिएका छन।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक विकास कार्यक्रम गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेसँगै शनिवार सांसद मनाङ्गेले छनौट भएका योजना र विनियोजित बजेट सार्वजनिक गरेका छन। 

माननीय सांसद राजिब गुरुङ( दिपक मनाङ्गे)का स्वकिय सचिव तथा प्रवक्ता राेनित गुरुङका अनुसार सार्वजनिक गरिएका ३९ वटा याेजनाका लागि २४ कराेड ६३ लाख ४० हजार रुपैयाँ वजेट छुट्याईएको हो।

सांसद मनाङ्गेले छनौट भएका योजनालाई त्यहाँको मौसम तथा भौगोलिक अवस्थालाई मध्येनजर गर्दै समयमै निर्माण कार्य सम्पन्न गर्नुका साथै विनियोजित बजेटको प्रभावकारी र चुस्त दुरुस्त रुपमा कार्यान्वयन गर्न सम्वन्धित निकाय तथा स्थानिय प्राविधिकलाई आग्रह समेत गरेका छन।

तपाईको प्रतिक्रिया