काठमाडौँ – नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ ले कान्तिपुर टेलिभिजनको साथ पाएको छ । रियालिटी सोका निर्देशक विशाल भण्डारी तथा निर्मात्राद्वय केकी अधिकारी र रीमा विश्वकर्मा र कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसीले ५ वर्षका लागि कार्यक्रम निर्माण र प्रसारणको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
थ्री प्रोडक्सन र कान्तिपुरको यो सहकार्य ‘कमेडी च्याम्पियन ‘ को छैटौं सिजनसम्मको लागि रहेको स्टेशन मेनेजर डिसीले बताए । डिसी का अनुसार कोभिडपछि केटिभिले खर्चिलो र भव्य रियालिटी शो सञ्चालन गर्न लागेको हो ।
यसअघि कमेडी च्याम्पियनले कान्तिपुरको समय किनेर कार्यक्रम प्रसारण गर्दै आएको थियो । अब यसको निर्माण पनि कान्तिपुर टिभीकै सहकार्यमा हुने टेलिभिजनमा मार्केटिङ अफिसर गौरी दाहालले बताएका छन् ।