काठमाडौं – चलचित्र निर्मात्री, कुशल गीतकार, कलाकार तथा समाजसेवी सावित्रा चिलुवालले राजधानीको टोखा स्थिति पबित्र समाज सेवा नेपालमा रहेको अनाथ बालबालिकाबीच साउन १ गते विहिवार आफ्नो जन्मदिन मनाएकी छन् ।

संस्थाकि अध्यक्ष दिक्षा चापागाईले संस्थामा ६० बालबालिका र बृद वृदा रहेको र आफूहरुले विभिन्न व्यक्तिहरुको सहयोगमा उनीहरूको पालन पोषणा तथा शिक्षा प्रदान गरिरहेको बताएकी छिन । चलचित्र निर्मात्री, कुशल गीतकार, कलाकार तथा समाजसेवी सावित्रा चिलुवालले जन्मदिनको अवसरमा साथिभाईसँग रमाइलो, पार्टी भन्दा पनि संस्थाका बालबालिकासँग जन्मदिन मनाउँदा आफूले छुट्टै प्रकारको सुखानुभुती महसुस गरेको बताइन । सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै दुखमा परेका हरेक पिडितहरुको सेवामा जुट्दै आएकी चिलुवालले लकडाउनको समयमा समेत खाना खुवाउने तथा राहत वितरण गर्ने कार्य गरेकी थीइन।

सावित्राले आफ्नो जन्मदिन समाजसेवी, सञ्चारकर्मी र संस्था आश्रित बालबालिका तथा बृद वृदाको साथमा जन्मदिन मनाएकी थिइन । उक्त अबसरमा उपस्थित समाजसेवीहरुले निर्मात्री सावित्राले जन्मदिनमा गरेको कार्यको प्रशंसा गरेका थिए । उक्त अवसरमा पर्यटन सद्भावाना दुत,मोडल तथा समाजसेवी छिरीङ डोल्मा शेर्पा, युवा नेत्री तथा समाजसेवी सरस्वति शाह, शिक्षासेवि तथा समाजसेवी राजु खड्काको समेत उपस्थिति रहेको थियो।

अबका दिनहरुमा पनि यसरीनै दिन दुखिहरुको सेवामा समर्पित रहदै आफुले सकेको सहयोग गर्ने निर्मात्री चिलुवालले बचन बद्धता समेत प्रकट गरेकी छिन।

तपाईको प्रतिक्रिया