काठमाडौं – साउथ फिल्मका चर्चित अभिनेता हुन् प्रभाष । फिल्म बाहुबलीबाट एकाएक चर्चामा आएका प्रभाषका पछिल्लो फिल्महरु हिट भइरहेका छन् । अब भने उनले नयाँ फिल्ममा बलिउड अभिनेत्री दीपिका पादुकोणसँग अभिनय गर्ने भएका छन् ।

अभिनेत्री दीपिकाले पहिलोपटक प्रभाषसँग फिल्ममा अभिनय गर्दैछन् । उनीहरुले तेलेगु फिल्ममा एकसाथ फिल्ममा अभिनय गर्ने बारे टाइम्स अफ इन्डियाले जनाएको छ । यस फिल्मलाई नाग अश्विनले निर्देशन गर्ने बताइएको छ ।

फिल्मको नाम ुप्रभाष २१ु रहने फिल्मको युनिटले चाँडै घोषणा गर्ने जनाइएको छ । यस फिल्म आउने बर्षको अप्रिलदेखि छायाँकनका लागि फ्लोरमा निस्काने जनाइएको छ ।

तपाईको प्रतिक्रिया