काठमान्डौँ ।

डि. एस. डिजिटल सिनेमा को ब्यानरमा नेपाली कथानक चलचित्र दानराज निमार्ण हुने भएको छ ।

शंकर अधिकारी घायलको प्रस्तुति रहने चलचित्रमा शत्रुघन अन्सारी निर्माता र कल्याण कार्कि र चेतन घिमिरे सह निर्माता रहने भएका छन ।

दानराज चलचित्रको शुभ साइत आगामी श्रावण १५ गते बिहान ११ बजे भद्रकाली मन्दिरमा हुने भएको छ । कोहि पनि रहरले अपराधी बन्दैन के कस्ता उतारचढाव हुन्छन् त भन्ने मुल विषयबस्तुमा रहेर चलचित्र निमार्ण गरिने चलचित्रका लेखक तथा निर्देशक घायलले बताए । चलचित्रमा समावेश कलाकार र अन्य प्राविधिक को जानकारी भने सोही कार्यक्रममा गराइने समेत उनले बताए ।

तपाईको प्रतिक्रिया