काठमाडौं – लोकप्रिय गायिका राधिका हमाल, बद्री पंगेनी , जमुना राना र राजेन्द्र भण्डारीको स्वरमा रहेको तीज गीत ‘घरबेटी…’ सार्वजनिक भएको छ । राधिका हमालको शब्द सिर्जना तथा लय र कृष्ण पुनको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विश्वभर फैलिएको कोरोनाले पारेको प्रभावलाई गीतमा समावेश गरिएको छ । डेरामा बस्ने आम नागरिकको पिडालाई गीतमा लयात्मक रुपमा प्रस्तुत गरिएको छ ।
दुर्गा पौडेलको छायाँकन, नवीन घर्ति मगरको सम्पादन तथा दुर्गा पौडेलको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा बविता बाँनिया, जेरी, किशोर भण्डारी ‘डिट्ठासाब’, सन्तोष खनाल, दीपासा विसी ‘जलपरी’र सुयशा खनालको अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=hfF0N9J8S18




































