राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय अपाच्य शब्द प्रयोग गरेर धेरै गीतहरु बजारमा ल्याउन थालिएको छ । यसरी बजारमा आएका गीतहरुलाई सामाजिक संजालमा चौतर्फी टिप्पणी टिप्पणी हुन थालेपछी यतिबेला लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बिकृति विसंगति न्यूनीकरण कार्यदल गठन गरेको खबर प्राप्त भएको छ । शिब हमालको संयोजगत्वमा लोक तथा दोहोरी गीत प्रतिष्ठानले बिकृति विसंगति न्यूनीकरण कार्यदल गठन गरेको दोश्रो दिन नै अपाच्य शब्दको साथ् मा गीत संगीत निकाल्ने संस्थाका साथीहरु संग छलफल हुने बताइएको छ ।

घरभित्रको छलफलबाट समाधान नभएमा केहि दिनपछि प्रतिलिपि अधिकार रजिस्टार कार्यालय संग पनि छलफल गर्दै बुझेर पनि अबुझ हुने कलाकारका निमित्त कानुनि कारबाहीमा पनि जानकारी प्राप्त भएको छ  । शिब हमालको संयोजगत्वमा गठित कार्यदल भित्र उपसंयोजक हरि डाँगी, कृष्ण रेउले, पी.एन सापकोटा, सदस्यहरु कुलेंद्र बिस्वकर्मा पूर्णकला बि.सी, महेन्द्र गौतम, अन्जली अधिकारी, युबराज मगर, जमुना राना, बिमल अधिकारी प्रकाश भट्ट लागएतका जम्मा ११  कलाकारहरुको टिम रहेको छ ।

गठित कार्यदलले अब छिट्टै नै लोक संगीत माथि हुने गरेको बलात्कारको अन्य हुने जनाएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आज सम्पन्न छलफल कार्यक्रममा उपस्थित सम्पूर्ण कलाकारहरुले अहिले बजारमा आएका अपाच्य शब्द सहितको विकृतिजन्य गीत निकाल्ने कलाकारहरु प्रति आपत्ति जनाएका थिए ।

 

तपाईको प्रतिक्रिया