काठमाडौँ – कान्तिपुर टेलिभिजनले यस बर्षको गाईजात्रालाई हास्य-व्यंग्य सहित ब्यापक रूपमा मनाऊने भएको छ । बिहान ८ बजेबाट राती १० बजेसम्म चल्ने कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सन्तोष पन्त, जितु नेपाल, सन्दिप क्षेत्री, हर्के हवल्दार समुह आदिको प्रस्तुती रहने छ भने टिका सानु र राम कुमार नेपाली समुहको हास्य ब्यंग्यसहितको दोहोरीबाट दर्शकले मनोरंजन लिन सक्नेछन ।

बिहान ८ बजे इतिहासविद सत्यमोहन जोशीबाट गाईजात्राको इतिहासबाट मनोरञ्जनमुलक जानकारीबाट सुरू गरेर बेलुकी १० बजे सन्दिप क्षेत्रीले कार्यक्रम को समापन गर्ने योजना रहेको कान्तिपुर टेलिभिजनले सार्वजनिक गरेको पोष्टरबाट देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया