काठमाडौँ । गायिका विष्णु माझी र गायक वीरेन्द्र बुढाको स्वर रहेको नयाँ गीत ‘बरबर आँशु’ युट्युब सार्वजनिक भएको छ । संगीतकार केशव सापकोटाको संगीत रहेको यो गीतका शब्द शक्तिराम डिसीले लेखेका हुन्। ‘बबर आँशु’का एरेञ्जर राजु सुनाम हुन्।
गीत राम्रो बनेको संगीतकार सापकोटाले जनाएको छ। यसअघि धेरै गीतहरूमा संगीत दिएका सापकोटाले गायिका माझी र गायक बुढालाई राखेर गीत ल्याएका हुन्।
सिर्जन बरालको निर्देशनमा बनेको म्युजिक भिडियोलाई अमृत चापागाइँले सम्पादन गरेका हुन् । भिडियोमा किशोर खत्री, रेजिना विष्ट र महिमा गिरीको अभिनय रहेको छन्।
यो गीतलाई जनता डिजिटलको युट्युब च्यानलमा सोमबार ‘बरबर आँशु’लाई रिलिज गरिएको हो।