काठमाडौं । अमेरिकामा बसेर नेपाली सिनेमा र संगीत क्षेत्रमा सक्रिय कलाकर्मीहरुको सहकार्यमा ‘सागर बिचमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। हृदयस्पर्शी गीतमा स्वर उदयमान गायिका सोनाम गुरुङको रहेको छ भने गीतलाई वरिस्ठ संगीतकार सुशील बिश्वकर्माले संगीतवद्द गरेका हुन् । कुमार भण्डारीको शब्द रहेको गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।
कोरना कहरविच अमेरिकामा नै छायांकन गरिएको म्युजिक भिडियोमा भीमा सन्याशी र सुमन कार्की फिचर्ड छन्। रोशन सुन्दासले यस भिडियोलाई छायांकन र सम्पादन गरेका हुन। नरमान राईको कन्सेप्ट , कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।
आफ्नो पहिलो डेब्यु गीतको म्युजिक भिडियोलाई सुनेर हेरेर प्रतिक्रिया दिनहुन गायिका गुरुङले सम्पूर्ण दर्शक स्रोतालाई आग्रह गरेकी छिन्। साथै आगामी दिनहरुमा स्तरीय गीत संगीत सार्वजनिक गर्दै जाने गायिका गुरुङले बताएकी छिन ।

https://www.youtube.com/watch?v=V1ioDJXNXjA&feature=youtu.be&fbclid=IwAR2ut1ITSDgn7bXig4q_XuoqyarP_oW0jKJAvMTKeIJzuvC84oCZIHli1Is

 

तपाईको प्रतिक्रिया