काठमाण्डौ चित्र १३ । नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा स्थापित नाम कुशल बेलबासेको नयाँ लोक दोहोरी गीत “सनिसार” सार्बजनिक भएको छ। उक्त गीतलाई सार्बजनिक भए लगत्तै कलाकार तथा संगीत पारखिहरुको तर्फबाट निकै राम्रो प्रतिक्रिया आइरहेको । गायक कुशल प्रत्यक्ष दोहोरी तर्फ निकै राम्रो स्थान ओगटेर पछिल्लो समय अझै आफ्नो सांगीतिक यात्रालाई उचाइतिर लम्काई रहेका छन् । प्रस्तुत गीतमा कुशल बेलबासे र पूर्णकला बि सी को सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द गायक स्वयम कुशल बेलबासेले नै तयार पारेका हुन् ।
एक बाहुन परिवारको छोरोले दलितलाई सिन्दुर भरेर घर भित्राउन खोजेपछि, गाउँले द्वारा छेकथुन भए पश्चात, अहिलेको एक्कासौं सताब्दीमा पनि यस्तो जातीय भेदभाव किन ? भन्ने किसिमको सामाजिक संदेश उनिएको यस गीतको म्युजिक भिडियोमा शिशिर पौडेल र सारिका के सी को जिबन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन नबराज उप्रेती र सम्पादन बिष्णु शर्माले गरेका छन् ।
यस गीतको चर्चा नै रुडिबादी प्रथा अन्त्यको आवाज हो । त्यसैले सम्पूर्ण श्रोता तथा दर्शकहरुबाट साथ् प्राप्त हुनेमा कलाकार युनिट ढुक्क रहेको । हामि पनि सम्बन्धित कलाकार ज्युहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।