श्रीमती हराएको करिब दुई महिना पछि गोबिन्द कुँवरले श्रीमती फेला पारेका छन् । आफु भन्दा धनी परिवारको छोरीसंग विवाह गरेका गोविन्द कुँवर ५ वषएको छोरा बोकेर मिडिया सामु खोजीका लागि पुगेका थिए ।उनको श्रीमती सन्तोषी गुरुङ झण्डै दुई महिना पछि फेला परेकी हुन् । उनले आफु काठमाडौ बसेको बताएकी छन् । घरमा श्रीमानसंग मिल्न नसकेपछि आफै काम गरेर बस्ग्रहन भन्दै उनी घर छोडेर हिँडेको बताएकी छन् ।

अहिले काठमाडौमा काम खोजेर विद्यालयमा पढाउन थालेको बताएकी छन् । उनको श्रीमती चैत १ गतेवाट हराएकी थिइन् । गोबिन्द काममा गएको बेलामा सानो छोरालाई एक्लै छोडेर श्रीमती हिडेको बताएका थिए ।उनीहरुबीच माइतीको कारणले कहिले काँही विवाद भइरहने पनि बताएका थिए । उनले अहिले सम्म त्यही छोराको मुख हेरेर बसेको भएपनि श्रीमानको ब्यवहार नफेरिएपछि आफु बाध्य भएर हिड्न परेको बताएकी छन् ।

बन्दीपुरका गोबिन्द पोखरामा कामको सिलसिलामा जाँदा सन्तोषीसंग भेट भएको थियो । उनीहरुले प्रेम विवाह गरेका थिए ।उनले आफु अर्को विवाह गरेर नहिडेको बताएकी छन् । उनले एक पटक विवाह गरेर दुख पाइसकेपछि फेरी विवाहको बारेमा पनि नसोचेको बताएकी छन् । उनले जागिर नपाउँदा सम्म जव सेन्टरमा एप्लाई गरेपछि स्कूलमा जागिर पाएको बताएकी छन् ।

उनले लकडाउनमा बन्द भएका कारण अहिले एक जना शिक्षक महिलासंग बसेको बताएकी छन् । उनले यस अघि पनि समाज राखेर श्रीमानलाई सुधार्ने कोशिष गरेको भएपनि फेरी ब्यवहार परिवर्तन नभएका कारण आफु घर छोडेर हिड्नु परेको बताएकी छन् । भिडियो हेर्नुस्

तपाईको प्रतिक्रिया