मोहन बिरही सिपाली
कोभिड १९ को महामारीमा आफु समेत संक्रमित बाग्लुङ नेपालि कांग्रेसका क्षेत्रीय सभापती दोर्ण कुमार कुवँर संक्रमण मुक्त भए सगै कुवँरको पहलमा ढोरपाटन नगरपालिका ५ अधिकारीचौरमा जन्मनु भएका पूर्व न्यायाधिश दयानाथ खरेल र उनकी श्रीमती सरिता खरेलद्धारा १ थान र कोरीया र सिंगापुरमा रहेका असिम घर्ति,विर बहादुर गुरुङ, खडक कुवँर, राम बहादुर छन्त्यालद्वारा १ थान गरी दुई थान वेड साईड मोनिटर, तथा नेता कुमार कुवँरद्वारा व्यक्तिगत खर्चमा ७५ थान भिटिएम र ५० थान एन्टिजेन गरी कुल चार लाख मूल्य बराबरको स्वास्थ्य सामग्री बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्त्रण गरिएको सभापती दोर्ण कुमार ले बताएका छन।
स्वास्थ्य सामग्री हस्तान्त्रण गर्दै नेता कुवँरले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका लागि अति आवश्यक रहेको वेड साईड मोनिटर मेशिन उपलब्ध गराउने सहयोगि दाताहरुलाई धन्यबाद दिँदै कोभिड १९ को महामारीमा आफु समेत संक्रमित भएको र जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर राख्दै विभिन्न सहयोगि दाताबाट र व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको बताए।
३ लाख रुपैयाँ मुल्य बराबरको दुई थान वेड साईड मोनिटर मेशिन र १ लाख रुपैयाँ बराबरको भिटिएम र एन्टिजेन्ट हस्तान्त्रण गरिएको कुवँरले बताए । ढोरपाटन नगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर भण्डारी र स्वास्थ्यकर्मीको उपस्थितीमा उक्त सामाग्री काँग्रेस नेता कुवँर र नेता जित शेरचनले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्त्रण गरेका हुन् ।










