काठमाडौँ – कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै सरकारले यसलाई फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा अत्यावश्यक सेवा वाहेक सबै सेवा वन्द गरेको, मानिसहरूलाई घर बाहिर निस्कन रोक लगाएकाले उपत्यकामा बसोबास गर्दै आएका ३० तेस्रो लिंगीहरुलाई खाद्यान्न लगायतका अति आबश्यक सामग्री वितरण गरिएको छ।

हट्टी नट्टी अनुपम नामले परिचत अनुपम श्रेष्ठको संयोजकत्वमा चलचित्र निर्देशक तथा समाजसेवी समुन्द्र भट्ट, लोकप्रिय फेशन डिजाईनर इन्ता श्रेष्ठ र गुणराज दाहालको सहकार्यमा समस्यामा परेका तेस्रो लिंगीहरुलाई सहयोग गरिएको कुरा निर्देशक समुन्द्र भट्ट बताउछिन।

समाजमा समेत अपहेलित भएका तेस्रो लिंगीहरुको समस्यालाइ बुजेर यस विषम परिस्थितिमा आफुहरुले थोरै भएनी राहत सहयोग गरेको निर्देशक भट्ट बताउछिन। लामो समय देखि सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएकी भट्ट नेपाली चलचित्र क्षेत्रमा परिचित नाम हो।

तपाईको प्रतिक्रिया