काठमाडौँ – ईन्ता अटायर द्वारा तेस्रो लिंगीहरु लाइ खाद्यान्न राहत वितरण गरिएको छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै सरकारले यसलाई फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा अत्यावश्यक सेवा वाहेक सबै सेवा वन्द गरेको, मानिसहरूलाई घर बाहिर निस्कन रोक लगाएकाले उपत्यकामा बसोबास गर्दै आएका ३० तेस्रो लिंगीहरुलाई खाद्यान्न लगायतका अति आबश्यक सामग्री वितरण गरिएको छ।

छोटो समयमानै फेशनको संसारमा आफ्नो छुट्टै पहिचान बनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काठमाडौँको माछापोखरीमा अबस्थित “ईन्ता अटायर” सेलेब्रेटि देखि सर्ब साधारणहरुको रोजाइमा पर्न सफल भएको छ। विभिन्न चलचित्र, म्युजिक भिडियो तथा सेलेब्रेटि नायक नायिका, राजनीतिकर्मी, ब्यबसायी देखि सर्ब साधारणहरुको समेत ड्रेस डिजाइन गरेर ख्याति कमाएकि ईन्ता श्रेष्ठले खाद्यान्न समस्यामा परेका पिडितहरुलाई सहयोग गरेको जानकारी गराएकी छिन।

तपाईको प्रतिक्रिया