काठमाडौं – कोभिड-१९ को महामारी तथा निषेधाज्ञाको चपेटामा परि चुलो चौकामा खाना पाक्न छोडेका असाहाय, गरिब, पिडित तथा बिरामीहरुको सेवामा निरन्तर आफ्नो ज्यान जोखिममा पार्दै खाद्यान्न राहत पुर्याउन ब्यस्त बनेकी छिन काठमाडौँ निवासी समाजसेवी सुष्मा भट्टराई। निषेधाज्ञामा अत्यावश्यक सेवा वाहेक सबै सेवा वन्द गरेको, मानिसहरूलाई घर बाहिर निस्कन रोक लगाएकाले उपत्यकामा बसोबास गर्दै आएका असाहय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरू भोक भोकै मर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
एकातिर यो महामारीमा दैनिक हजारौ संक्रिमित भइरहेका र सयौंले ज्यान गुमाइरहेका छन् भने अर्कोतिर दैनिक ज्याल र मजदुरी गर्ने तथा असाहयहरू खान नपाउने अवस्था सिर्जना भएको छ । यस्तो विषम परिस्थितिमा भोका पिडितको साहरा बन्दै आएकी छिन सुष्मा भट्टराई। मानिसहरु यस विषम परिस्थितिमा भोकले छटपटिएर बस्न बाध्य छन्। त्यहि भोको पेटहरुलाई सहयोग गर्न आफ्नो ज्याननै जोखिममा राखेर हरेक दिन पिडितहरुको घरमा खाद्यान्न राहत पुर्याउन ब्यस्त बनेकी छिन सुष्मा भट्टराई।
उनले चामल, दाल, नुन, तेल लगायतका अति आबश्यक खाद्यान्न सामग्री उपलब्ध गराउदै आएकी छिन । यस्तै सडकमा आश्रित भोका पिडित जनतालाइ खाना खुवाउदै आएकी छिन । त्यसैगरी विभिन्न आश्रममा रहेकालाई खाद्यान्न राहत, नगद सहयोग र खाना खुवाउने कार्यक्रम समेत गरेकी छिन।











