विराटनगर
काठमाण्डौंमा रहेको छायाँ नेपाल नामक गौर सरकारी सस्थाले ताप्लेजुङको श्रीजंगा गाउँपालीका ४० विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । सस्थाले जिल्लाको जंगा गाउपालिकाको बाड न २ आम्वेगुदिन २, ३ ,४ का टोलका अति विपन्न ५० परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो । सस्थाले टोलमा नै पुगेर आम्बुदिनमा पुगेर ४० विपिन्न परिवारलाई राहतत स्वरुप खाद्यान्न वितरण गरेको छायाँ नेपाल सस्थाका कमल थापा ले जानकारी दिनुभयो ।
सस्थाका कार्यक्रम संयोजक का अनुसार सस्थाले प्रति परिवार चामल २५ केजी ,तेल १ लिटर , नुन १ किलो , दाल २ केजी , चिनी , १ केजी ,नुवाउने सावुन २ बटा प्रति परिवारलाई वितरण गरेको हो । कोही पनी नागरिकले गरिवीको कारणले पैसाको अभावमा खाद्य सङकटमा परेर बस्नु नपरोस भन्ने अभिप्रायले विपन्न परिवारलाई खाद्य सहयोग गरिएको सस्थाका कार्यक्रम संयोजक थापाले जानकारी दिनुभयो ।

विगत ५ बर्ष देखी शिक्षा , स्वास्थ्य तथा वातावरका क्षेत्रमा विभिन्न जिल्लामा परियोजना सञ्चालन गरेको सस्थाले २०७८ देखी नेपालमा भएको लकडाउन भए यता विभिन्न १० जिल्लामा रहेका स्वास्थ्य सस्थाहरुलाई मास्क , पिपीइ सेट , अक्सिमिटर पेसेन्ट बेडका साथै हान्ड स्यानीटाईजर एवम ह्यान्ड सामाग्री सहयोग गरेको सस्थाले जानकारी दिएको छ । सहयोग कार्यक्रममा स्थानीयहरुले छायाँ नेपाल सहयोगी सस्थाको साथले नै लकडाउनको समस्यामा परेका विपन्न नागरिकलाई सहयोगी सस्था छायाँ नेपालले गरेको आर्थिक सहयोगबाट गरिबीको चपेटामा परेका विपन्न समुदायका नागरिकलाई ठुलो राहत पुगेको स्थानियले बताए । सस्थाले विपतको समयमा गरेको सहयोग ज्यादै प्रभावकारी भएको कारणले आगामी दिनमा अफटयारो अवस्थामा सस्थाले साथ दिनेमा आशावादी रहेको स्थानियहरुले बताए ।

तपाईको प्रतिक्रिया