नायिका प्रियंका चोपडाले बलिउडदेखि हलिउडसम्म आफ्नो फिल्मी करियरमा एउटा ठुलो सफलता हासिल गरेकी छिन् ।
तर फिल्मबाहेक पनि उनले सामाजिक कार्य र लेखनको क्षेत्रमा आफ्नो छुट्टै स्थान स्थापित गरेकी छिन् । अब उनी योभन्दा पनि अघि बढेर न्यूयोर्कमा आफ्नो नयाँ व्यवसाय सुरु गरेकी छिन् । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले सोना रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी छन् । रेस्टुरेन्ट न्युयोर्कमा २६ मार्चदेखि सञ्चालनमा आएको हो । यस महिनाको सुरुमा अभिनेत्री प्रियंका चोपडाले सोना रेष्टुरेन्ट खोल्न लागेको बारे जानकारी दिएकी थिइन् । लकडाउन र कोरोनाले आक्रान्त पारेपछि उनी रेस्टुरेन्ट जान पाएको थिइनन् । तर शनिवार उनी आफ्नो सोना रेष्टुरेन्टमा गएर पानी पुरी खाएर रमाइन् ।










