कोरिया बाट नेपाल फर्किएपछि निर्देशक चेम्जोङले लिम्बु भाषि गितहरुलाइ पनि उत्कृष्ट निर्देशन गरिरहेका छन । एकपछी अर्को गर्दै लिम्बु भाषी गितमा पनि आफ्नो उत्कृष्ट निर्देशन कला प्रस्फुटन गराइ रहेका छन र आफ्नो कला ,संकृति, भाषा लाई माया अनि संरक्षण गरिरहेका छन आफ्नो निर्देशन मार्फत ।

निक्कै नै मार्किक गित “उन्छोनबा याङ्घिकहा तुन्देबा हेकेल” ( नेपालीमा पुरानो घाउ हरु बल्झिए जस्तो छ)बोलको गितलाइ निक्कै उत्कृष्ट ठाउँ हरुमा छायांकन गराएका छन । उनी बताउछन अहिलेसम्म सम्म लिम्बू भाषी गित यतिको सुन्दर ठाउँ हरुमा छायांकन भएका छैनन छन भने पनि कम छन । किनकी निर्देशक चेम्जोङ आफ्नो म्युजिक भिडियो हरुमा उत्कृष्ट ठाउँ हरुलाइ छनोट गरेर भिडियोमा कैद गराउन सिपालु छन। नेपाली म्युजिक भिडियो कोरियामा रहदा नै स्थापित भैसकेका थिए भने नेपाल आएर भ्याइ -नभ्याइ एकपछि अर्को गर्दै नया- नया प्रोजेक्ट हरु निर्देशन गरिरहेका छन र आफ्नो कर्म लाई ब्याबसायिक बनाइरहेका छन।कर्म मा बिश्वास गर्ने उनी हाल एकदमै धेरै ब्यास्त छन र खुशी पनि छन मलाई बिश्वास गरेर जुन काम दिनु हुन्छ उहाँ हरु पर्ती नतमस्तक छु मुस्कुराउदै भन्छन् उनी ।

आशा लिम्बुको आवाजमा रहेको ( उञ्छोनबा याङ्घिक्हा तुन्देबा हेकेल ) दुर्गा साँवाको शब्द/ एकान्त आङ्देम्बेको संगीत, टेकेन्द्र यक्सोको संगीत संयोजन मा रहेको ( उञ्छोनबा याङ्घिक्हा तुन्देबा हेकेल ) आशा लिम्बुको पहिलो लिम्बु गीत हो ।
उत्त गीतमा पुस्पांजलि तिलिङ् लिम्बु ( चापेतिको आमा ) पूर्ण लिम्बु , युन्छोना सवदेनको अभिनय रहेको छ | सृङ्गार सन्जु थलङ र छायाङ्कन/सम्पादन इशाक जबेगुको रहेको छ ।
उक्त भिडियो चाडै नै आशा लिम्बु युट्युब च्यानलमा आउने निर्देशक हाङ चेम्जोङले बताए ।

तपाईको प्रतिक्रिया