काठमाण्डौ भाद्र २७ – नेपाली गीत संगीतको बजारमा अलिफ खान र सागर माया जिरेलको सुमधुर स्वरमा पुनः अर्को “लाजको घुम्टो” बोलको गीत सार्बजनिक भएको छ । तीजगीतको रमझमले अन्य सदाबहार गीत बजारमा आउन केहि रोकिएको र अब भने यस्ता गीतहरु प्रसस्त मात्रा बजारमा आउन थालेपछि, यस गीतले पनि राम्रै स्थान जमाउनेमा ढुक्क रहन सकिन्छ । किन कि गीतमा भएको सम्पूर्ण समायोजन उत्कृष्ट रहेको छ ।
प्रस्तुत गीतलाई लय सागर माया जिरेलले तयार पारेकी हुन् भने शब्द नयन सोडारी चिन्तितको रहेको छ । निकै रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमा अर्जुन गौतम र अरुणा बस्नेत डोजरवालीको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन माधब श्रेष्ठले गरेका हुन् भने छायांकन बिपिन क्षेत्री र सम्पादन उत्तम कुमार कार्कीले गरेका छन् । सागर माया जिरेलको प्रस्तुतिमा आएको “लाजको घुम्टो” बोलको गीतलाई सागर माया जिरेल कै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।