काठमाडौं । गीतकार देव बज्राचार्यको उपचारका क्रममा निधन भएको छ ।

‘एक्लै बस्दा सधैं मलाई’, ‘प्रिय तिम्रो मुहारमा’, ‘उदास मेरो जीवन’ लगायतका चर्चित गीतका रचयिता बज्राचार्यको ६४ वर्षको उमेरमा राजधानीको बयोधा अस्पतालमा सोमबरा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बज्राचार्य लामो समयदेखि श्वासप्रश्वास, प्रोस्टेट लगायतको समस्यासँग जुधिरहेका थिए । उनी नाताले संगीतकार न्ह्यू बज्राचार्यका काका पर्छन् । बज्राचार्यका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

तपाईको प्रतिक्रिया