काठमाडौँ, कार्तिक १४ । विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत, छठ पर्व लगायत सम्पूर्ण चाडपर्वको अवसरमा जनशक्ति कृषि बचत तथा ऋण सहकारी संस्थाले शुभकामना आदानप्रदान तथा वातवारण सरसफाई कार्यक्रम कार्तिक १३ गते शनिवार सम्पन्न भयो । सो कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका र महिला वातावरण समूहले सहयोग गरेको थियो ।
जनशक्ति कृषि बचत तथा ऋण सहकारीका अध्यक्ष मधुसुदन ढकालको सभापतित्व तथा कागेश्वरी मनाहरा नगरपालिकाका उपप्रमुख विन्दु पुडासैनीको प्रमुख आतिथिमा सम्पन्न उक्त कार्यक्रममा अतिथिहरूमा वडा नं. ३ का अध्यक्ष राममणि पुडासैनी, वडा नं. ४ भाइकाजी अधिकारी, महिला वातावरण समूहकी सचिव मुना न्यौपाने, महानगरीय प्रहरी प्रभाग, थलीका प्रहरी सहायक निरीक्षक शालिकराम पराजुली, कागेश्वरी नगरपालिका स्वास्थ्य सहसंयोजक लक्ष्मी कोइराला, त्रिवेणी साकोसका अध्यक्ष मनोज भट्टराईलगायत स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको शुभारम्भ उपमेयर विन्दु पुडासैनीले सडक सरसफाई गरी कार्यक्रमको उद्घाटन गरिएको थियो भने उहाँले विभिन्न संघसंस्थाले आयोजना गरेका यस्ता किसिमका रचनात्मक कार्यक्रमलाई निरन्तरता दिन आफूले सक्दो सहयोग र सहभागिता जनाउने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उक्त सरसफाई कार्यममा महिला वातावरण समूहका स्थानीय संघसंस्थालाई नेतृत्वदायी भूमिका र सहयोग समेत प्रदान गर्दै आइरहेकोमा स्थानीय वडाअध्यक्ष र वडावासीले समेत खुशी व्यक्त गरेका छन् ।