काठमाडौँ । अमेरिकाको बोस्टन निवासी कवि तथा गीतकार दीपा राई पुन यतिबेला नेपालमा छन् । जन्मभूमी आएकी गीतकार दीपालाई अहिले धमाधम शब्दहरु फुरीरहेका छन् । कीनकी उनी आमाको काखमा छिन् । जन्मभूमिमा छन् ।
स्वदेशमा नै आएको अवसर पारेर दीपाले आफ्नो नयाँ गीत आमाको भिडियो सार्वजनिक गरेकी छन् । आमाको महिमाको वर्णन गरिएको गीतको भिडियो हेर्दा हरेकले आफ्नी आमालाई सम्झिन्छन् । सबैको दिलमा बास बस्ने आमा बोलको गीतको भिडियोमा दयाहाङ राई, पशुपति राई र बिश्वास राईले अभिनय गरेका छन् भने गीतको संगीत संयोजन डी.आर.अटुले गरेका छन् ।
राजेश पायल राईको आवाज रहेको यो सुमधुर गीतलाई अनिल रानाले सम्पादन गरेका हुन् भने भिडियोको निर्देशन तथा कथा किरण चाम्लिङ राईको रहेको छ। सार्वजनिक गीतमा आमाको ममता र आशिर्वादलाई किराँत राई समुदायले अत्यन्त महत्वका साथ मान्छन् भन्ने कुरालाई दर्शाउन खोजिएको छ । गायिका स्वयमकै अफिसियल युट्युब च्यानल दीपा राई पुनबाट बजारमा आएको हो ।
हेर्नुहोस् भिडियो
https://www.youtube.com/watch?v=pu02BnoDWnY&ab_channel=RajeshPayalRai