काठमाडौँ । अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आइरहेका गायक, गीतकार एवम संगीतकार पुष्प गजमेरको सुमधुर स्वरमा सजिएको वियोगान्त गीत ‘सम्बन्ध’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेम सम्बन्धमा आउने उतार चढावलाई गीतमा व्यक्त गरिएको छ। गायक गजमेरको सन् २०१७मा सार्वजनिक एल्वम ‘आवाज’ भित्र संग्रहित गीतको भिडियो बजारमा आएको हो। यस गीतलाई सुमित बिश्वकर्माले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र जेबिका कार्की बीचको अन्स्क्रिन प्रेमलाई प्रस्तुत गरिएको छ। शंकल भुजेलले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्। हिमालयन आर्ट्स ल्याङ्ग्वेज एण्ड कल्चरल एकेडमीको प्रस्तुति रहेको यस भिडियोलाई शिशिर खातीको निर्देशनमा तयार पारिएको हो। शान्ती गजमेर निर्मात्री रहेको यस भिडियोलाई ‘हिमालयन म्युजिक एकेडमी’को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भिडियो लिंक: https://youtu.be/EoOJV97DZ4c

तपाईको प्रतिक्रिया