डिवाइन पाथ इन्टरनेशनल फाउन्डेसनकी अध्यक्ष सरिता उप्रेतीले(योगिनी सरितनन्दी) कोभिड–१९ महामारीको समयमा उनको गरेको कल्याणकारी सेवाको लागि भारतमा अयोजित विप्रा सेव संघ द्वारा अन्तरास्ट्रिय पुरुस्कार “कोरोना योद्धा 2021 ” उपाधिबाट सम्मानित भएकी छिन् ।

भारत, बिप्रा सेव संघ का अध्यक्ष श्रीमान राजिव शुक्ला ज्यु तथा सम्पुर्ण विप्रा परिवारलाई यो गरिमामय पुरुस्कारको लागि नेपाल को तर्फबाट मुरि मुरि धन्यवाद छ । उनले मानव र पशु कल्याणको लागि सक्रिय रूपमा सेवा गरिरहेकी छिन्, डिवाइन पाथ इन्टरनेशनल फाउन्डेसन मार्फत योग र आध्यात्मिक विज्ञानको ज्ञान र बुद्धिको प्रचार गरिरहेकी छिन्। कोभिड–१९ को महामारीका बेला नि:शुल्क खाना सेवा, नि:शुल्क न्यानो कपडा र कम्बल वितरण, नि:शुल्क मानसिक तथा शरिरिक स्वस्थ्य सेवा लगायतका अनेकौं सामाजिक कल्याणकारी कार्यमा उनी नियमित रूपमा सहभागी हुँदै आएकी छन् ।

तपाईको प्रतिक्रिया