काठमाडौं – प्रहरी प्रधान कार्यालय साईबर ब्युरोको अपराध अनुसन्धान शाखाबाट गैर आवाशीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तसहित पाँच जनालाई अपराध गरेको भन्दै पत्र आएको छ ।

images
एमआरएनएका् विवाद समाधान गर्न उच्च स्तरिय समितिको रिपोर्ट आउनै लाग्दा साईबर ब्युरोले अपराध गरिएको भन्दै पत्र पठाएको हो । साईबर ब्युरोले नआरएनए जापानको दशैं अधिवेशनको निर्वाचनमा प्रविधिको दुरुपयोग गरी एम आइ एस सिस्टममा अनधिक्रित पहुँच गरि आइसिसी, आइसिसी आइटीले र एन सिसी एडमिन सन्चालकले फेरबदल गरि आफूखुशि मतदान गरि विद्युतिय कारोबार ऐन २०६३ अनुसार अपराध गरेको भन्दै निवेदन परेकोले अनुसन्धानमा सहयोगको लागि उपश्थित हुन आग्रह गरेको छ ।

यस अनुसन्धानमा साइबर ब्युरोले केन्द्रिय कार्यालयका आइटी बिभाग कर्मचारी लगायतसँग बयान लिइसकेको छ । यस्तै बयानको लागि आज बिहान १० बजे अनुसन्धानको लागि बोलाइएकाहरुको प्रतिनिधिको रुपमा कार्यकारिणी निर्देशक राजेश राणा जाँदैछन् ।

पत्र काटिएकामा अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा. बद्रि केसी महासचिव डा. हेमराज शर्मा, सचिव गौरी राज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठ रहेका छन् । केही दिन अघिसम्म काठमाडौंमा नै रहेका अध्यक्ष कुमार पन्तसहितका ५ जना साइबर ब्युरोको पत्र रोक्न नसक्ने भए पछि पत्र आउनु अघि नै भागिसकेका छन् ।

अध्यक्ष पन्त र कोषाध्यक्ष श्रेष्ठ केही दिनअघि नै जर्मनी फर्किसकेका छन् । यस्तै महासचिव शर्मा बेलायत र कोषाध्यक्ष श्रेष्ठ जापान फर्किसकेका छन् । सोही कारण साइबर ब्युरोको बयानको लागि प्रतिनिधिको रुपमा निर्देशक राणा आज जान लागेका हुन् ।

यसअघि पनि परराष्ट्र मन्त्रालयमा परेको उजुरीमा परराष्ट्रको आदेशलाई नमानी उल्टै पाटन उच्च अदालतमा अध्यक्षले मुद्दा दायर गरेका थिए । पाटन उच्च अदालतले दिएको सिमा समय पनि सकिइसकेको छ ।

जापान एनआरएनएको चुनाबमा साइबर धाधली भएको प्रमाणसहित प्रतिबेदन एनआरएनए केन्द्रिय कार्यालय बालुवाटार मा ६ महिना अघि नै बुझाइ सकिएको छ। जापान एनआरएनएकि तत्कालीन उपाध्यक्ष अनिता गुरुङ लगाएतले पटक पटक केन्द्र अध्यक्ष लगायतलाई जापानको निर्वाचनमा भएको धादलीको छानबिन गर्न अनुरोध गर्दा पनि हुन्छ मात्र भन्ने तर नगरेको कारण नै आज साइबर क्राइमसम्म यो घटना पुगेको बुझिएको छ । यो घटनाले आगामी २६ फेब्रुअरीमा हुने निर्बाचन झन अन्योल बनेको छ ।

साईबर ब्युरोको पत्र यस्तो छ

तपाईको प्रतिक्रिया