काठमाडौ । आज नेपालभर प्रजातन्त्र लिवको शुभकामना आदानप्रदान भएको छ । यसमा नेपाली राजनितिक दलदेखि लिएर कलाकारहरु समेतले प्रजातन्त्रको शुभकामना आदान प्रदान गरेका छन् । यहि बीच अभिनेता तथा निर्माता दीपकराज गिरीले समेत सामाजिक सञ्जालमार्फत प्रजातन्त्रको शुभकामना दिएका छन् ।

उनले शुभकामनामा केहि आफ्ना गुनासाहरु समेत समावेश गरेका छन् । उनले प्रजातन्त्र आएर अधिकार सबैलाई दियो तर, कर्तव्य पालना गर्न नसिकाएको गुनासो पोखेका छन् । ‘प्रजातन्त्रले अधिकार सिकायो कर्तव्य सिकाएन ! उनले लेखेका छन्,‘माग्न सिकायो, दिन सिकाएन ! बोल्न सिकायो सुन्न सिकाएन‘ अधुरो प्रजातन्त्रको शुभकामना’

तपाईको प्रतिक्रिया