नेपालको लोकप्रिय मोबाइल एप्लिकेसन “नेपाली पात्रो”मा रेडियो इन्टरटेन्मेन्ट प्रशारण भएको छ ! मासिक एक करोड भन्दा धेरै प्रयोगकर्ता रहेको यस लोकप्रिय मोबाइल एप्लिकेसनमा आज बाट रेडियो इन्टरटेन्मेन्ट प्रशारणमा आएको हो।

स्थानीय, राट्रिय तथा अन्तराट्रिय सूचना, संगीत, मनोरन्जनको सम्भाहक रेडियो इन्टरटेन्मेन्ट आएको हो ! नेपालमा डिजिटल प्रविधिको विकास सगै नेपाली पात्रो सगको सहकार्यमा यस लोकप्रिय रेडियो आझ धेरै स्रोता माझ सहज सुन्न सकिने भएको छ ।

नेपालमा समाज रुपान्तरण तथा स्थानिय विकासमा रेडियोको भूमिका महत्वपूर्ण रहेको हुदा रेडियो हरुलाई नया प्रविधिको प्रयोग गरि धेरै नेपाली माझ पुर्‍याउने लक्ष्य रहेको “नेपाली पात्रो”का आशिस कार्कीले बताउनुभयो ! “नेपाली पात्रो” एप (Nepali Patro) नेपालको पहिलो सामुदायिक एप हो !

मासिक एक करोड भन्दा धेरै प्रयोगकर्ता रहेको यो एपमा नेपाली तिथी-मिती तथा पन्चाङ्गको जानकारी, नेपाली चाडपर्ब तथा सुभ साइतको बिस्तृत बिबरण, तपाई को दैनिक, साप्ताहिक, मासिक तथा बार्षिक राशिफल जानकारी पाउन सक्नु हुनेछ।

यस्तै स्थानीय, रास्ट्रीय तथा अन्तरास्ट्रिय ताजा समाचार, नेपाली एफ. एम. तथा अनलाइन रेडियोहरु, नेपाली विनिमय दर, सुन-चादीको दर रेट , मौसम तथा सरकारी बिदाहरु, ज्योतिष परामर्स सेवा लगाएत अन्य धेरै सुविधाहरु लोकप्रिय मोबाइल एप्लिकेसन “नेपाली पात्रो” बाट जानकारी लिन सकिन्छ !

तपाईको प्रतिक्रिया