निलकाजी शाक्य नेपाली कांग्रेसका निकै लोकप्रिय र इमान्दार नेताको रूपमा चिनिन्छन् । उनी कहिल्यै लाभको पदमा नबसेका पुराना कांग्रेस नेता मध्येका एक हुन्।
लामो समय देखी कम्युनिस्टले जनताको नाममा धेरै भ्रष्टाचार गरेको र काठमाडौका जनताले वास्तविक जनप्रतिनिधि के हो भनेर प्रमाणित गर्न र महानगरमा बिकासको काम गरेर देखाउन आफुले प्रमुखको उम्मेदवारी दाबी गरेको बताएका छन् ।
कम्युनिस्टले जनता माथि गरेको अन्याय र अत्याचार सबैको अन्त्य गर्दै काठमाडौबासी जनताको माग र इच्छालाई सम्बोधन गर्न आफुले प्रमुखको दाबी गरेको उनको भनाइ छ ।
महानगरमा अन्य नेताहरुले टिकटको लागी गरेको दाबीलाई लोकतान्त्रिक अभ्यासको उदाहरण भएको बताउदै आफू नै प्रमुखको दाबेदार रहेको जिगिर गरे।
आकांक्षीहरु मध्येको सबैभन्दा बलियो र लोकप्रिय उम्मेदवार आफू रहेको दाबी गर्दै निर्बाचनमा पार्टी नेतृत्वले आफैलाई टिकट दिने कुरामा आफू बिस्वस्त रहेको बताए ।
नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा काठमाडौ महानगर सभापतिमा निर्वाचित भएका उनिन नेविसंघको पूर्व केन्द्रय नेता हुन।
पब्लिक युथ कलेजका पुर्ब शभापती हुन।
विभिन्न संघ संस्था सँग आबद्ध रहेर सामाजिक कार्य गर्दै आएकोले स्थानीय जबतामा राम्रो पकट छ।
नेता शाक्य लाई पार्टीले काठमाडौ मेयरको टिकट दिए सहज रुपमा जीत हासिल गर्न सक्ने विश्वास आफ्नो रहेको स्थानीय नेता संगम श्रेष्ठले बताए। उनको उम्मेदवारी वर्तमान समयमा आवश्यकता मात्र नभई अपरिहार्यता रहेको श्रेष्ठको भनाइ रहेको छ ।
स्थानीय तहको निर्वाचनको माहोल निकै तातेको छ । दलहरु पार्टीका संगठन सुदृढ गर्न देखि लिएर आफ्ना कार्यकर्ता बीच भेटघाटमा व्यस्त देखिन्छन् । सबै दलले आफ्नो पार्टी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा पहिलो हुने दाबी गरिरहेका छन् ।
महानगरमा यमालेको प्रभुत्वलाई हटाउने भन्दै आक्रामकरूपमा नै शाक्य लागेको स्थानीय बुद्धिजीवी लोकेन्द्र केशिले बताए ।
नेपाली कंग्रेशबाट धेरै जनाले प्रमुख पदमा इच्छा व्यक्त गरेपनि शाक्य उक्त पदमा उम्मेदवार बन्ने चर्चाले महानगरपालिकाको राजनीतिमा तरंग पैदा गरेको छ।
स्वच्छ छवि र इमानदार नेताको पहिचान बनाएका नीलकाजी शाक्य पार्टीले हार बेहोरेको कठिन समयमा पनि २५ नम्बर वडामा जित्ने नेता हुन।
कठिन समयमा राजनीतिलाई कमाई खाने भाँडो बनाउन नहुने र आफै उद्यमशील बन्नु पर्दछ भन्ने धारणा राख्ने शाक्यले विभिन्न संघ संस्थामा रहेर समाजसेवा र विकासमा निर्माणमा योगदान पुर्याउदै आएका छ्न।
व्यक्तिगत लाभका लागि उम्मेदवार बन्न लागेको नभई विगतमा गरेको कामको मूल्याङ्कन गरेर हुन सक्छ पार्टीका साथीहरूदेखि महानगर वासीहरूले उम्मेदवार बन्न प्रेरित गरिरहेको उनि बताउछन।
पार्टीले बिश्वास गरेर महानगर प्रमुखको उम्मेदवार बनाएमा आफुले जित्ने दरिलो आधार रहेको भन्दै काठमाडौ महानगरको विकास र नगरवासीको हितमा काम गरि बिश्वकै उत्कृष्ठ महानगरपालिका बनाउने सोच रहेको बताएका छन। । ढल र फोहोरको समस्य सदाको लागि अन्त्य गरिदिने सोछ बनाई अघि बडेको उनको धारण छ।
आधुनिक र विकसित नेपाल बनाउने जिम्मेवारी पनि नेपाली कंग्रेश पार्टी माथि रहेको बताउदै आफ्नो नेतृत्वमा सहजरुपमा महानगर जित्ने आधार सुनाए । आफू प्रमुख भएको अवस्थामा
काठमाडौको विकासले सार्थकता पाउने भएकोले स्थानीय क्षेत्रको विकासका लागि स्थानीय निकायमा पनि कंग्रेशको नेतृत्व हुनुपर्नेमा शाक्यले जोड दिएका छन ।
उनले आफु महानगरपालिकाको प्रमुखमा निर्वाचित भएमा नगरपालिकामा प्राविधिक शिक्षा र व्यवसायिक तालिम केन्द्रको स्थापनामा जोड दिने स्पष्ट पारे । उनले बेरोजगार युवाहरुलाई तालिम दिने, स्थानीय उद्यमशीलता र रोजगारीको प्रवर्दन गर्ने पनि प्रतिवद्धता समेत व्यक्त गरे । नागरिकहरुको प्रत्यक्ष सहभागिता हुनेगरी पाक्षिक ‘सार्वजनिक–सुनुवाई’ कार्यक्रम संचालन गर्ने पनि उनले उद्घोष गरे । घर–दैलो कार्यक्रम गर्ने र नागरिकको गुनासोलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम निर्माण गर्नूपर्नेमा उनले जोड दिए ।
उनले भने,‘यो महानगर विकासको लागि सुनौलो अवसर हो । महानगरवासीहरुले राम्रो मान्छे गुमाउने पनि उनले जिकिर गरे । ५ वर्षको अवधिमा महानगरमा आजसम्म नभएको विकास हुने उनले उल्लेख गरे ।
स्थानीय तहमा समृद्धिका लागि काम गर्ने लक्ष्यका साथ शाक्यले सडक–निर्माण तथा स्तरोन्नति, खानेपानी, ढल–व्यवस्थापन, महानगरपालिकाको उचित संरक्षण र प्रवर्दन, प्राथमिकतामा राखेर बालबालिका तथा अपांग र जेष्ठ नागरिक कार्यक्रमका साथै शिक्षा, स्वास्थ्य र रोजगारी तथा उद्यमशीलता काम गर्ने बताए । फोहोर–मैला व्यवथापनमा नयाँ प्रविधिको विकास गरेर नगरपालिकालाई स्वच्छ र हराभरा राखिने योजना रहेको सुनाए।
महानगरपालिकाका धार्मिक, पर्यटकीय, सांस्कृतिक, सामुदायिक र प्राकृतिक सम्पदाको सूचीकरण गरेर संरक्षण तथा प्रवर्दनका कार्यक्रम संचालन गरिने।
नगरपालिकामा बसोबास गर्ने जातिय, धार्मिक एवं सांस्कृतिक विविधतालाई समेटेर बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकहरुको लागि सुलभ शिक्षा, स्वास्थ्य र मनोरन्जनका विभिन्न समावेशी कार्यक्रम (बीमा, छात्रवृति, सामुदायिक भवन, पुस्तकालय, पार्क) संचालन गरिने।
उनको योजना सुनाए ।