काठमाण्डौ चैत्र २७ – स्थायी घर दाङ्ग भएर हाल पोर्चुगल रहेका लोकप्रिय गायक तथा सर्जक जे.बि ओलीको पछिल्लो गीत “मुना मदन” हालै सार्बजनिक भएको छ । उनि आफ्नो लगनशिलता र त्याग बाट दाङ्ग जिल्लाको शान बन्न सफल भएका छन् । गीत निकाल्ने क्रममा पोर्चुगल बाट नै नेपालको तुलनामा खर्चालु भएता पनि त्यस तर्फ ब्यवास्ता गर्दै जे.बि ले यो गीत प्रकासनमा ल्याएका हुन् ।

राज्यले नेपाली गीत संगीतको क्षेत्रको सम्वृद्धि तर्फ पनि ध्यान दिन पर्ने उनि बताउँछन् । जे.बि को पछिल्लो समय बजारमा आएको गीतमा लय शब्द उनि स्वयम् कै रहेको छ । साथै स्वर जे.बि ओली र रचना रिमालको सुन्न सकिन्छ । अडियोको मिठासता जस्तै यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेर सार्बजनिक भएको छ भिडियोमा लोमस शर्मा र जुना सुन्दासको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन नबराज उप्रेती र सम्पादन मनोज कार्कीले गरेका छन् । जे.बि ओली आफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतलाई अन्य प्रस्तुति जस्तै यस प्रस्तुतिलाई पनि मन आम श्रोता तथा दर्शकहरुले मन परईदिनु हुने छ भन्ने कुरामा जे.बि ढुक्क रहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया