नुवाकोट । नुवाकोट जिल्लाको सूर्यगढी गाउपालिकामा सत्तारुढ दलहरुको चुनावी गठबन्धनको विरुद्धमा एमाले माओवादी गठबन्धन हुने भएको छ । बाह्र वटा पालिका रहेको नुवाकोट जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अघोषित रुपमा गठबन्धन निर्माणको भित्रीरुपमा तयारी गरिरहेका छन् ।

२०७४ सालको स्थानिय चुनावमा ३ वटा वडाको वडा अध्यक्ष सहित गाउपालिका अध्यक्ष,उपाध्यक्ष लगायत प्यानल नै जितेको नेपाली काग्रेस केन्द्र प्रदेश र जिल्लाले निर्देशन दिदासमेत गाउपालिका स्तरीय गठबन्धनको बैठकमा बस्न तयार नदेखिए पछि नेकपा एमालेले २०७४ मा पालिकमा तेस्रो रहेको माओवादी केन्द्रका कार्यकर्तालाई आफुतिर तान्दै अघोषित गठबन्धनको लागि चलखेल गरिरहेको छ भने वडा नं १ मा वडा अध्यक्ष सहित प्यानलै जितेको तथा वडा नं ५मा वडा अध्यक्ष मात्र जितेको माओवादी केन्द्रका केही नेता कार्यकर्ता एमालेको झुटो आश्वासन तथा प्रलोभनमा परि एमालेसित भित्रीरुपमा लहसिएका घटनाक्रमले पुष्टि गरेको पाईएको छ ।

माओवादीका नेता १ नं वडाका वडा अध्यक्ष तथा माओवादी केन्द्र सूर्यगढीका अध्यक्ष इमानसिंह तामाङ एमालेसग गठबन्धन गरि काग्रेस हराउन तत्लिन रहेको स्थानिय माओवादी कार्यकर्ताहरु बताउछन् । कयौ पटक एमालेका नेताहरुसग इमानसिंहले वार्ता गरेको कुरा पार्टीको बैठकमा स्वयम इमानसिंहले बताउने गरेको छन् ।

ईमानसिंहको एमालेसंगको उठबसलाई लिएर नुवाकोटको सूर्यगढी लगायतका स्थानहरुमा व्यापक चर्चा परिचर्चा हुने गरेको छ । चिया पसल तथा गाउटोलमा ईमानसिंहको वामगठबन्धन भूमिकालाई लिएर राम्रै गफिक हुने गरेको नुवाकोट सूर्यगढीका जनताहरु बताउछन् ।

एमाले नेता तथा जिल्ला अध्यक्ष विवादास्पद प्रदेश सांसद बद्री मैनालीबाट वडा नं १ मा केही बजेट समेत लगेका ईमानसिंह आपनै नेता तथा संघीय सांसद हितबहादुर तामाङलाई विकाश निर्माणमा केही नगरेको भन्ने आरोप लगाउदै हिड्ने ईमानंिसहप्रति सिंङगो माओवादी कार्यकर्ता रुष्ट छन् ।

साथै ईमानसिहको सहोदर दाई रामबहादुर तामाङ केहीदिन अघि एमाले प्रवेश गरेको र भतिज विक्रम तामाङलाई वडा नं १ बाट एमालेको वडा अध्यक्ष जिताउन ईमानसिंह लागि परेका छन् । यिनै यस्तै खुरापाती हर्कहरु गर्दै हिडेका ईमानसिह विगतदेखि नै पार्टी विरुद्धको गतिविधिमा सङलग्न भएको कुरा सूर्यगढीका स्थानिय माओवादी कार्यकर्ताहरु बताउछन् । माओवादी केन्द्र सूर्यगढी गांउ संगठन कमिटि उपाध्यक्ष गुरु अधिकारी पनि भान्जा रविन्द्र नेपालमार्फत सम्पूर्ण शक्ति एमाले जिताउन लागि परेको सूर्यगढी भरी व्यापक चर्चा छ ।

उनीहरुको चाहान जसरी पनि वडा नं २ मा एमाले उम्मेदवार जिताउने रहेको छ भने अर्कोतिर वडा नं ३ घर भएका सूर्यगढी गांउ संगठन समितिका उपाध्यक्ष माओवादी नेता कृण्णमान तामाङको पनि भित्रीरुपमा एमाले जिताउने र माओवादी तथा गठबन्धन हराउने खेल रहेको सूर्यगढीका माओवादी कार्यकर्ताहरुको बुझाईरहेको छ ।

एमाले जिल्ला ईन्चार्ज विन्दा ढुङगानको भाईहरुसंगसमेत कृण्णमानको व्यावसायीक साझेदारी रहेको छ । केही दिन अघि मात्रै कृण्णमानका आपनै आमा भाई बहिनी बुहारी एमाले प्रवेश गरेका थिए । उनीहरु सबैलाई एमालेमा प्रवेश गराउने वातावरण समेत कृण्णमानले तयार पारेको स्थानिय कार्यकर्ता बताउछन् । कृण्णमानले आफु भित्रीरुपमा एमालेसंगै रहेको सन्देश दिनलाई यो सब नाटक गरेको माओवाादीको बुझाईरहेको छ । उनको यस्तै शंकास्पद गतिविधीले उनी एमालेसंग निकट रहेको पुष्टि भएको माओवादी नेता कार्यकर्ता बताउछन् ।

उता ४ नं वडाबाट माओवादीका अगुवा कार्यकर्ता रिषेश्वर भटट्राई हरि भटट्राई लगायत केही नेता कार्यकर्ता एमालेमा प्रवेश गरिसकेका छन् । उता सूर्यगढी ५ नं वडाको पनि कथा उस्तै रहेको छ । माओवादीको सूर्यगढी सचिव पुरुषोत्तम अधिकारी र एमाले सूर्यगढीका सचिव प्रकाश खड्का पनि माओवादी हराउने खेलमा लागेको स्थानियहरुको आरोप छ ।

नाताले ज्वाई जेठान पर्ने प्रकाश खड्का र पुरुषोत्तम अधिकारी व्यावसायीक साझेदार समेत हुन् । फेदीबेसीस्थित माउन्ट ग्लोरी स्कूलका संचालकसमेत रहेका खड्का र अधिकारी एमाले माओवादीको पालिका सचिव हुन । पार्टी फरक पद एउटै लिएर षड्यन्त्रको बाटोमा हिडेका खड्का र अधिकारीको कालाो कर्तुत विस्तारै बाहिरीदैछ ।

व्यावसायीक हिसाबमा पनि संगै राजतितिकरुपमा फरक पद एउटै खड्का र अधिकारीको यो गतिविधि संयोग मात्र नभएर नियोजित षड्यन्त्र भएको बुभ्ःन सकिन्छ ।

नुवाकोटका विवादाश्पद एमाले नेता तथा जिल्ला अध्यक्ष बद्री मैनाली सूर्यगढी गणेशस्थान जादा माओवादी नेता पुरुषोत्तम कै घरमा खाने बस्ने गर्ने गर्दछन् । भित्रीरुपमा माओवादी नेता पुरुषोत्तम पनि माओवादीलाई सूर्यगढीमा कसरी हुन्छ सक्ने खेलमा लागेको स्थानिय माओवादी कार्यकर्ताहरु बताउछन् ।

अन्तत सूर्यगढीमा माओवादीका नेताहरु नै माओवादीलाई पत्तासाप गराउने खेलमा लागेको तथा एमालेलाई कसरी जिताउने भन्ने योजनामा रहेको बुझिएको छ ।

कांग्रेस माओवादी लगायतका गठबन्धन दलहरुले बेलैमा विषेश होस नपुर्याएमा प्रतिगामीहरुले चुनावमा कडा टक्कर दिनसक्ने अवस्था नआउला भन्न सकिदैन भन्ने गुनासो गठबन्धन दल भित्रका कार्यकर्ताको रहेको छ ।

तपाईको प्रतिक्रिया