नेपालीहरुको दोश्रो महान चार्ड तिहारको उपलक्षमा गायिका इन्दिरा भट्टराईले लक्ष्मी भजन बजारमा ल्याएकी छन। महालक्ष्मी मन्त्र सहितको भजन तिहारमा मात्र होइन हरेक साप्ताहिक रुपमा गाउन, बजाउन र सुन्न सान्दर्भिक र सदाबहार हुने संगीतकर्मीहरुको भनाइ रहेको छ।

सागर अधिकारीको शब्द संगीत रहेको यो भजनमा इन्दिरा भट्टराईको स्वर रहेको छ। भजन हर्ट अफ हिमालय म्युजिक एन्ड ट्रेजरले बजारमा ल्याएको हो। भजनको भिडियो लाई आर्यन विमलीले छायाँकन गरेका छन् भने निर्देशन तथा सम्पादन सञ्चारकर्मी कमल फुयाँले गरेका हुन। भिडियोमा ग्रेसियन सापकोटालाई लक्ष्मीको अवतारमा देखाउन खोजिएको छ साथमा गणेश सापकोटा, सपना गिरी, सरीता बस्नेत लगायतको अभिनय देख्न सकिने छ।

तपाईको प्रतिक्रिया