बिराटनगर , बाल कलाकार स्वर्णिम अमात्यले आफ्नो छैठो जन्मदिन पुर्वाञ्चल बाल सेवा आश्रममा धुम धामका साथ् मनाए। उनका माता पिता सकिल मान अमात्य र कल्पना श्रेष्ठले आश्रममा भएका ६० जना बाल बालिका एवं २० जना बृद्ध बृद्धा गरी जम्मा ८० जनालाइ एक छाक खाना र न्यानो कपडाको ब्यबस्था गरेका थिए। यसरी स्वर्णिमले आफ्नो जन्मदिन मनाइरहदा आश्रमको तर्फबाट आश्रमकी आमा अध्यक्ष सीता पोखरेलले उनलाई सुभ आशिर्बाद एवम जन्मदिनको सुभकामना व्यक्त गर्नु भएको थियो। प्रवलदिप बिश्वास को मियुजिक भिडियोबाट अभिनय
सुरुवात गरेका स्वर्णिमको अझै केहि बाल गीतको मियुजिक भिडियोहरु यु ट्युब मार्फत छिट्टै नै बजारमा आउन लागेको उनका बुवाले बताए

तपाईको प्रतिक्रिया