काठमाण्डौ माघ १ – कोहि रहरले, कोहि कहरले, कोहि बाध्यताले दिनप्रतिदिन परदेशिने क्रम जारी रहेको छ । स्वदेशमा नै युवा स्वरोजगारको सुव्यवस्था भैदिए कयौं युवा शक्ति परदेशिने थिएनन् होला । यसैलाई मध्यनजर गर्दै बिगत निकै लामो समय देखि नेपालि गीत संगीतको क्षेत्र सम्बृद्धिका लागी जुटीरहेका कलाकार जी एस थापाले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपामा लोक दोहोरी गीत “आफ्नै देशमा” सार्बजनिक गरेका छन् । गीतलाई जी एस म्युजिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

जी एस थापा र पार्वती कार्की द्वारा स्वर बद्ध यस गीतलाई लय लोकप्रिय गायक तथा सर्जक भोजराज काफ्लेले लय भरेका हुन् शब्द जी एस थापाको नै रहेको छ । गीतको सुरुवाती भाग सुन्दा परदेशिने सोच बोकेका दाजु भाई तथा दिदि बहिनिहरुलाई उर्जा प्रदान गरिएको शब्द समाबेस भएता पनि अन्तिम सम्म सुन्दा मानो रोपे मुरी आफ्नै देशमा फल्छ भन्ने किसिमको संदेश यस गीतमा समाबेश गरिएको छ ।

“आफ्नै देशमा” बोलको लोक दोहोरी गीतको म्युजिक भिडियोमा लक्ष्मण चौलागाई, बाटुली, जी एस थापा, अनिशा कुकेल र काजल थापाको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन गायक तथा यस गीतका प्रस्तुतकर्ता जी एस थापाले नै गरेका हुन् भने छायांकन तथा सम्पादन डी.एम.पी ग्रुपले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया