काठमाडौं । भारतीय चर्चित कलाकारद्धय शाहरुख खान र आलिया भट्ट भारतका सबैभन्दा लोकप्रिय स्टार बन्न सफल भएका छन् । शाहरुखले चर्चित नायक सलमान खानलाई उछिन्दै पहिलो बन्न सफल भएका हुन् भने लोकप्रियताको सूचीको तेस्रो स्थानमा अक्षय कुमार छन् । आलियाले दीपिकालाई उछिन्दै पहिलो स्थनमा आ
पछिल्लो २ महिनायता पठानका कारण पनि शाहरुख चर्चाको शिखरमा रहे । उनले बादशाहको मान्यतालाई यथावत् राख्न सके । सलमान खान दोस्रो लोकप्रिय अभिनेता बनेका छन् । उनी आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसी की जान’ को पोस्ट९प्रोडक्सनमा व्यस्त छन् ।
फिल्महरु पछिल्ला दिनमा लगातार असफल भइरहेपनि अक्षय कुमार लोकप्रियता पनि कम छैन । उता ऋतिक रोशन यतिबेला आफ्नो एक्सन थ्रिलर फिल्म फाइटरको सुटिङमा व्यस्त छन् । उनी लोकप्रियताको चौथो स्थानमा छन् भने पाँचौ स्थानमा रणवीर कपुर छन् । उनको फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।