काठमाडौं :
नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा उपाध्यक्षका उम्मेदवार तेजुला खतिवडा (तेजकुमारी)ले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। उनले आफ्ना विभिन्न योजनाका साथ संघमा उम्मेदवारी दिएकी छन्।
उनले आफूलाई उपाध्यक्ष पदमा विजयी गराउन आग्रह गर्दै अग्रज, समकालिन र अनुज सबै कलाकारको हितमा आफू सधैँ उम्भिने प्रतिवद्धता व्यक्त गरेकी छन्। कलाकारहरूको सीप, दक्षता र विकासका लागि आफू सधै अग्रसर रहनका लागि पनि संघमा उम्मेदवारी दिएको बताईन।