काठमाडौं । यो वर्षको गर्मी सुरु भएसँगै चलचित्रको छायांकन क्रम बढेको छ । यसै क्रममा उदय सुब्बाको निर्देशनमा नयाँ चलचित्र ‘दुई कदम’को यतिबेला मुस्ताङमा छायांकन भइरहेको छ । १६ चैतमा यो चलचित्रको टोली मुस्ताङ पुगेको थियो । सोही दिनबाट आफ्नो चलचित्रको छायांकन सुरु भएको सुब्बाले बताएका छन् ।

मुस्ताङको छायांकनपछि आपूmहरूले बाँकी छायांकन धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि गर्ने उनले बताएका छन् । यो चलचित्रमा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ (भंगेरी) कविता आले मगर, विमला लिम्बू, चन्दा दाहाल, जीवन लिम्बूलगायतका कलाकारको अभिनय रहनेछ ।

यो चलचित्रमा दयाराम घिमिरेको कथा छ । आफ्नो सिनेमा प्रेमकथामा आधारित रहेको निर्देशक सुब्बाले बताएका छन् । सिनेमालाई तारादेवी लिम्बूले निर्माण गरिरहेकी छन् । अजम्बरी फिल्मको ब्यानरमा निर्माण भइरहको दुई कदममा विक्रम डिसीको छायांकन रहने सिनेमामा तारा प्रकाश लिम्बू र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व निर्देशन तथा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।

तपाईको प्रतिक्रिया