मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा नयाँ हलिउड फिल्ममा जोडिएकी छन् । हाल नायिका आफ्नो आगामी सिरिज ‘सिटाडेल’ को प्रमोसनका लागि भारतमा छिन् । यति बेला नयाँ हलिउड फिल्ममा जोडिएर उनी चर्चामा छिन् ।
प्रियंका चोपडाले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ फिल्मको घोषणा गरेर सबैलाई चकित बनाएकी छन्, प्रियंकाको नयाँ आगामी फिल्म ‘हेड्स अफ स्टेट’ हो ।
प्रियंका चोपडाले हिजो राति इन्स्टाग्राममा पोस्ट सेयर गरेकी छन् । यो स्क्रिनसट सामाजिक सञ्जालमा सेयर गर्दै उनले आफ्ना फ्यानलाई आफ्नो आगामी हलिउड फिल्म’bout जानकारी दिएका छन् । यो फिल्ममा उनले जोन सिना र इद्रिस एल्बासँग काम गर्नेछिन् । यस पोस्टमा यस चलचित्रलाई इल्या नैसुलरले निर्देशन गर्ने थप जानकारी पनि दिइएको छ । यो एक एक्सन थ्रिलर फिल्म हुनेछ, जसका लागि प्रियंका चोपडाले मे महिनामा सुटिङ सुरु गर्ने छिन् ।
उल्लेखनीय कुरा के छ भने प्रियंका चोपडा अहिले आफ्नो सिरिज सिटाडेलको प्रमोसनमा निकै व्यस्त छिन् । हालै प्रियंका चोपडाले मुम्बईमा आफ्नो आगामी फिल्म सिटाडेलको प्रमोसन गरेकी थिइन्, जसमा उनका सह–कलाकार रिचर्ड म्याडेन पनि उनीसँग देखिएकी थिइन् ।
प्रियंकाको यो शृंखला मुम्बईमा बलिउड स्टारका लागि पनि प्रिमियर गरिएको थियो, जसमा सहभागी हुन रेखादेखि लिएर वरुण धवनलगायतका स्टार पुगेका थिए । सामाजिक सञ्जालमा यसको निकै चर्चा भयो ।
प्रियंकाले आफ्नो अन्तर्वार्तामा आफ्नो आगामी हलिउड प्राइम भिडियो सिरिजलाई भारतमा प्रमोट गर्न पाउँदा निकै खुसी भएको बताइन् । सिरिजलाई एन्थोनी रुसोले निर्देशन गरेका हुन् । उनको शृंखला अप्रिल २८ मा अमेजन प्राइम भिडियोमा रिलिज हुनेछ ।